Logo
८ बैशाख २०८१, शनिबार
(April 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सरकारले ल्याउन लागेको संशोधन प्रस्ताव खतरनाक’

काठमाडौं, बैशाख ११: प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रदेश सिमांकनको विषयलाई थप खुकुलो बनाउदै चलाखी र खतरनाक ढंगले संविधान संसोधन प्रस्ताव अघि सारेको आरोप लगाएका छन् ।

व्यवस्थापिका संसदको सोमबारको बैठकमा समय लिएर बोलेका अध्यक्ष ओलीले सिंमाकनको विषय थाती राखेको भन्दै चलाखी र खतरनाक ढंगले सिंमाकन गर्न सक्ने प्रावधान सहितको संविधान संसोधन प्रस्तुत गरेको आरोप लगाएका हुन् ।

मुलुकको परिस्थिति जटिल र गम्भीर बन्दै गएको भन्दै उनले यसअघि सिंमाकनका लागि प्रदेश सभाको सहमति चाहिने व्यवस्थालाई चलाखी पुर्वक ंसंसोधन गरेर सहमति विना नै प्रदेशको सिमांकन गर्न सक्ने गरी संविधान संसोधन प्रस्ताव दर्ता गरिएको दाबी गरे ।

संविधानमा प्रदेश सिंमाकनका लागि प्रदेश सभाको सहमति आवश्यक पर्ने व्यवस्था छ । अध्यक्ष ओलीले शब्द राम्रा प्रयोग गरी सरकारले मुलुकको राजनीतिलाई द्धन्द्ध तर्फ लैजान उद्धत रहेको पनि आरोप लगाए । निर्वाचन नगर्ने प्रयासमा सरकार लागिपरेको पनि आरोप पनि लगाए ।

निर्वाचन सम्भव गराउने बाटोमा लाग्न अध्यक्ष ओलीले सरकारलाई सुझाव दिए । बजेट लगत्तै निर्वाचन गर्ने जस्तो असुहाउदो काम हुन नसक्ने दाबी गरे । प्रमुख विपक्षी दलका नेताले बोल्न समय मागेपछि सभामुख ओनसरी घर्तीले समय उपलब्ध गराएकी थिइन् ।

उनले एमालेमाथि निरन्तर दुस्प्रयास हुन खोजेको भन्दा आफूले भाषणको क्रममा माखेसाङ्लो भन्दा माखेलाई अर्कै सन्दर्भमा प्रयोग गरेर दुस्प्रचार गरिएको गुनासो समेत गरे ।

उनले आईजीपी प्रकरणमा समेत सरकारले सरकारले गलत निर्णय गरेको भन्दै सर्वोच्चको निर्णयपछि सरकार सच्चियो भन्ने आफूहरुले ठानेपनि फेरि त्यस्तै गल्ती गरेको आरोप लगाए ।

प्रकाशित मिति: Apr 24, 2017

प्रतिक्रिया दिनुहोस्