Logo
७ बैशाख २०८१, शुक्रबार
(April 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रचण्ड पुत्री पनि मेयरको उम्मेद्वार: कुन कुन ठाउँमा को को ?

बैशाख १०, काठमाडौं : सत्तारुढ नेकपा माओवादी केन्द्रले आगामी ३१ वैशाखमा हुने स्थानीय तहको चुनावमा प्रचण्ढ पुत्रीलाई पनि मैदानमा उत्रार्ने तयारी गरेको छ । भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डपुत्री रेणु दाहाललाई उम्मेदवार बनाउन पार्टीभित्रबाट सिफारिस भैसकेको छ । तर, अन्तिम निर्णय हुन वाँकी छ ।

माओवादीको चितवन जिल्ला, भरतपुर नगरपालिका कमिटी र प्रदेश नम्बर–३ ले रेणुको नाम मेयरमा सिफारिस गरेको हो । रेणुको नाम मेयरमा सिफारिस भए पनि अन्तिम निर्णय भने नभएको माओवादीका एक नेताले बताए । उनका अनुसार कुनै नाटकीय खेल नभए रेणु उम्मेद्वार बन्नेछिन् ।

अहिलेसम्म कुनै पार्टीले महानगरपालिकाको मेयरका लागि महिला सिफारिस गरेका छैनन् । महानगरको मेयरको टिकट केन्द्रीय कार्यालयले दिने भएकाले १५ गतेसम्ममा त्यसबारे निर्णय हुने माअ‍ोवादीले जनाएको छ । १६ गते उम्मेद्वारको मनोनय गर्ने कार्यतालिका छ ।

यसैगरी  नेकपा माओवादी केन्द्रले शनिवार देशका अधिकांश नगरमा मेयर र उपमेयरको उम्मेदवार घोषणा गरेको छ । लेनिन जयन्तिको अवसर पारेर माओवादी केन्द्रले महानगरबाहेक अधिकांश नगरको मेयर र उपमेयरमा उम्मेदवार घोषणा गरेको हो । काठमाडौं, ललितपुर लगायतका जिल्लाका नगरपालिकामा पनि शनिवार नै उम्मेदवार घोषणा गरिएको छ ।

काठमाडौंका नौ नगरपालिकामा उम्मेदवार घोषणा

काठमाडौंका नौ वटा नगरपालिकामा उम्मेदवार घोषणा गरिएको छ । माओवादी केन्द्रले शंखरापुर नगरपालिकाको मेयरमा कृष्णराज सुवेदी र उपमेयरमा इन्द्रमाया तामाङलाई उम्मेदवार घोषणा गरेको छ ।

यस्तै, मनोहरा कागेश्वरीको मेयरमा महेश्वर फुयाँल र उपमेयरमा रुकु रणपाल, गोकणेश्वरको मेयरमा टिआर नेपाल र उपमेयरमा रेणु कार्कीलाई उम्मेदवार घोषणा गरिएको छ ।

यसैगरी बुढानीलकण्ठ नगरपालिकाको मेयरमा रविन अधिकारी र उपमेयरमा होमकुमारी दुलाललाई घोषणा गरिएको छ ।काठमाडौंको टोखा नगरपालिकाको मेयरमा कल्पना शर्मा र उपमेयरमा दीपक बानियाँ तथा तार्केश्वर नगरको मेयरमा धनलाल महर्जन र उपमेयरमा विना रानालाई उम्मेदवार बनाइएको छ ।

यसैगरी काठमाडौंकै नागार्जुन नगरपालिकाको मेयरमा कुमार तामाङ र उपमेयरमा देवकी पौडेल तथा चन्द्रागिरी नगरको मेयरमा श्रीकृष्ण श्रेष्ठ र उपमेउरमा उर्मिला रोकालाई बनाइएको छ भने दक्षिणकाली नगरपालिकाको मेयरमा संजय लामालाई उम्मेदवार बनाइएको छ ।

ललितपुरमा पनि उम्मेदवार घोषणा

नेकपा माओवादी केन्द्रले ललितपुरको महालक्ष्मी नगरपालिकाको मेयर र उपमेयरको घोषणा गरेको छ । महालक्ष्मी नगरपालिकाको मेयरमा शिवप्रसाद कट्टेल तथा उपमेयरमा लक्ष्मी सिंह महर्जनलाई उम्मेदवार बनाइएका छ ।

ललितपुरको लुभुमा शनिबार आयोजित कार्यक्रममा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूषालको उपस्थितिमा उम्मेदवार घोषणा गरिएको थियो ।

चितवनमा नगर र गाउँपालिकामा उम्मेदवार

चितवन जिल्लामा पनि माओवादी केन्द्रले शनिवार नै नगर तथा गाउँपालिकामा उम्मेदवार घोषणा गरेको सुरेशचन्द्र अधिकारीले जनाएका छन् । पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर रामध्वज डल्लाकोटी र उपमेयरमा सविता लामा उमेयरमा घोषणा गरेको छ ।

यस्तै, चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार पनि घोषा गरेका छ । उक्त गाउँपालिकाको अध्यक्षमा प्रताप गुरुङ्ग र उपाध्यक्षमा सावित्रा सिल्वाललाई बनाइएको छ ।

भरतपुर महानगरको एक समारोहकाबीच माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका संयोजक अमिक शेरचनको प्रमुख आतिथ्यतामा जिल्ला अध्यक्ष परियारले उम्मेदवारको नाम घोषण गरेका थिए ।

महानगर र अन्य नगरपालिका दुई दिनभित्रै मेयर र उपमेयर ढुङ्गो लाग्ने जिल्ला इन्जार्च ईश्वरी भट्टराईले जानकारी दिए ।जिल्लाको भरतपुर महानगरको वडा नम्बर १३, १४, १५ र २९ बाहेक सबै वडाहरुमा उम्मेदवार घोषण गरेको जिल्ला अध्यक्ष यमबहादुर परियारले बताए ।

यी ४ वडामा निर्णय हुन केही प्राविधिक कुराले अड्कीएको उनले बताए । स्थानीय वडाबाटै आएको सिफरिसका आधारमा उम्मेदवार घोषण गरिएको उनले बताए ।

कपिलवस्तुमा पनि उम्मेदवार घोषणा

माओवादी केन्द्रले कपिलबस्तु जिल्लामा पनि स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको माधव बेल्वासेले जनाएका छन् । शिवराज नगरपालिकामा मेयर पदको लागि डा.प्रकाश पौडेल र उपमेयरमा श्वेता गिरीको उम्मेदवारी घोषणा गरिएको छ ।

शिवराज नगरपालिकाका ११ वटै वडाका वडा अध्यक्षका उम्मेदवारहरुको नाम सार्वजनिक गरेको छ । शिवराज नगरपािलका वडा १ वाट रोशन एमसी, वडा न २ वाट नकुल विक , वडा न ३ वाट सुनिल कुर्मी, वडा न ४ वाट करम हुसेन, ५ वाट अर्जुन सापकोटा, वडा न ६ वाट राजेन्द्र चौधरी, ७ वाट रोजन मुसलवान, ९ बाट चुरबहादुर खड्का, १० वाट अदालत मुनियार, केमप्रसाद वेल्वासेलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी कृष्णनगर नगरपालिकाको मेयर पदमा शिवप्रसाद कलुवार र उपमेयरमा सवनम खातुनलाई उम्मेदवार बनाइएको छ । कृष्णनगर नगरपालिकाका १२ वटै वडा अध्यक्षहरुको समेत टुङगो लागिसकेको छ ।

यस्तै, विजयनगर गाउपालिकामा प्रमुख पदमा दिनेश चापागाईले उम्मेदवारी दिने भएका छन् । शनिवार भएको जिल्लाको विस्तारित वैठकमा सम्पूर्ण वडाका प्रतिनिधिहरुले आ– आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए ।

मण्डन देउपुर नगरको उमेदवारी घोषणा

पेमा लामाकाअनुसा नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकले मण्डन देउपुर नगरपालिकाको उम्मेदवार घोषणा गरेको छ ।
शनिवार जिल्लाको कुन्तावेशीमा नेकपा (माओवादी केन्द्र) मण्डन देउपुर नगर कमिटीले उमेदवार घोषणा कार्यक्रमको आयोजना गरि नामहरु सार्वजनिक गरिएको हो ।

पार्टी कमिटीको वडास्तरबाट आएका सर्वसम्मत प्रस्तावलाई सिफारिस गर्दै नगर कमिटीमा पेश गरेकाहरुको नाम घोषणा कार्यक्रममा सार्वजनिक गरिएको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं मण्डन देउपुर नगर कमिटीका ईञ्चार्ज रिता ढकाल(धरिना)ले बताइन् । नगरको मेयरमा रिता ढकाल(धरिना) र उप–मेयरमा निरञ्जन विष्ट(दीप)को उमेदवारी घोषणा गरिएको छ ।

उक्त नगरपालिकाको २ नं. वडाको अध्यक्षको लागि रमेश ढकाल, ३ मा मान बहादुर तामाङ, ४ मा तुलसी नेपाल, ५ मा रोहित मोक्तान, ६ मा अमनाथ ढकाल, ७ मा गोविन्द कुमार श्रेष्ठ, ८ मा दिपक राई, ९ मा लालबहादुर तामाङ(सागर), १० मा विरस तामाङ, ११ मा चिरञ्जीवि खनाल र १२ मा शिवराज साही ठकुरीको नाम घोषणा गरिएको छ ।

वडा नं. १ मा भने पार्टीको वडा कमिटीबाट सिफारिस भएर आउन बाँकी रहेकाले पछि निर्णय हुने ढकालले बताइन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं जिल्ला संगठन विभाग संयोजक दिननाथ गौतमले नगर र गाउँपालिका कमिटीहरुले आ–आफ्नो सापेक्षतामा उमेदवारी घोषणा कार्यक्रमहरु गरिएको भएपनि जिल्ला पार्टीले औपचारिक बैठक बसी त्यसको अन्तिम निर्णय दिने बताए ।

स्याङजामा को को भए उम्मेदवार ?

नेकपा माओबादी केन्द्रले स्याङजाको भीरकोट नगरपालिकाको प्रमुखमा चन्द्रबहादुर रोकालाई अगाडि सारेको छ भने उपप्रमुखमा जमुना अर्याललाई अगाडि सारिने भएको छ । माओबादीले भीरकोटमा रहेका ९ वटै वडामा पनि आफ्ना वडा अध्यक्षहरुका उमेद्वार टुङगो लागेको बताएको छ ।

मध्यविन्दुमा उम्मेदवार घोषणा

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले शनिवार विभिन्न ठाउँका नगरपालिकाको मेयर, उपमेयर घोषणा गर्ने क्रममा नवलपरासीको मध्यविन्दु नगरपालिकामा पनि मेयर उममेयरको उम्मेदवार घोषणा गरिएको छ । नगरपालिकाको मेयरमा सुष्मा खनाल र उपमेयर चुडाबहादुर आलेलाई घोषणा गरिएको छ ।

 

प्रकाशित मिति: Apr 23, 2017

प्रतिक्रिया दिनुहोस्