Logo
१३ बैशाख २०८१, बिहीबार
(April 23, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बालुवाटारमा ‘निर्णायक’ वार्ताः जेष्ठ ३१ कालागि निर्वाचनको मिति सदै

काठमाडौं, बैशाख ९: आउदो बैशाख ३१ गते तोकिएको स्थानिय तहको निर्वाचन स्थगित भई अर्को मिति तय हुने भएको छ । प्राप्त समाचार अनुसार जेष्ठ १५ वा १६ गते निर्वाचन हुने भएको हो यद्यपी यसको सरकारी पुष्टि भने भएको छैन । यता, सरकार र मधेशी मोर्चाका नेताहरुबीच बालुवाटारमा बैठक शुरु भएको छ ।

सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि गृहकार्य जारी राखेकै बेला यस्तो वैठक भएको हो । हिजो दिनभर भएका श्रृखलाबद्ध संवादमा केही प्रगति भएजस्तो देखिएपछि सरकार र मोर्चाबीच आज वैठक भएको हो । हिजो विहान र साँझ गरेर मोर्चा र सरकारबीच दुई चरणमा छलफल भएको थियो ।

छलफल सरकरात्मक भएको भन्दै आजका लागि पुन वैठक बोलाइएको थियो । हिजोको छलफलका क्रममा दुवै पक्षले संसोधन विद्येयक परिमार्जनसहित फास्ट ट्रयाकबाट पारित गर्ने, मोर्चा चुनाव आउने, स्थानीय तहको सख्या बढाउनु पर्ने भए दुई चरणमा निर्वाचन गर्ने जस्ता विषयमा सहमति नजिक पुगेको बताएका थिए ।

आजको वैठकमा सरकारले संसोधन सम्बन्धी नयाँ मस्यौदा ल्याए आफुहरु चुनावमा जान तयार हुने मोर्चाका नेताहरुले बताएका थिए । हिजो विहान भएको वैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चा चुनावमा आउने सुनिश्चता भए संसोधन विद्येयकमा परिमार्जन गर्न सकिने, आबश्यक परे दुई चरणमा चुनावमा जान सकिने जस्ता विकल्प अगाडि सारेका थिए ।

तर, यसका लागि मोर्चाले चुनावमा आउने सुनिश्चता जनाउनुपर्ने प्रधानमन्त्रीको भनाई थियो ।  प्रमुख प्रतिपक्ष दल एमालले पनि मोर्चा चुनावमा आउने सुनिश्चता भए संसोधन प्रस्तावमा लचकता देखाउन सकिने जनाएको छ ।

प्रकाशित मिति: Apr 22, 2017

प्रतिक्रिया दिनुहोस्