Logo
७ बैशाख २०८१, शुक्रबार
(April 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आमाको गर्भभित्रै तय हुन्छन् यी चार कुरा

एजेन्सी :  तपाईंले अभिमन्युको कहानी त सुन्नुभएको होला कि उनले आमाको गर्भभित्रै चक्रव्यूहलाई तोड्न सिकेका थिए । यसले यो कुरालाई प्रमाणित गर्छ कि जीवनको क्रम आमाको गर्भबाट नै सुरु हुने गर्दछ । यस्ता थुप्रै कुरा ज्योतिष, पुराण र चाणक्य नीतिमा पनि गरिएका छन् ।

चाणक्यका अनुसार जब जीवको प्रवेश आमाको गर्भमा हुन्छ, त्यतिबेला नै उनको जन्मको समय निश्चित हुने गर्दछ । अर्थात्, कसैले शुभ मुहूर्त हेरेर शल्यक्रियामार्फत बच्चालाई जन्म गराउृन चाहे भने पनि त्यो बच्चाको भाग्यको खेल हो किनभने उनले यसै विधिमार्फत जन्म लिनुपर्दथ्यो ।

यदि भाग्य यस्तो रहेनछ भने पनि शुभ मुहूर्तमा कुनै पनि कारणले बाधा पुग्ने गर्दछ जसको उदाहरण रामायणमा मेघनादको जन्म हो । रावणले लाखौं प्रयास गरे तर भाग्यले मेघनादकी जन्मपुत्रीमा अकालमृत्युको योग बनाइदियो । त्यसकारण नियतिको विषयमा दखल दिनु हुँदैन ।

व्यक्तिको कर्म पनि गर्भमा नै तय हुने गर्दछ । अर्थात् ठूलो भएपछि व्यक्तिले कस्तो काम गर्नेछ त्यो उनको जन्मपूर्व नै तय हुने गर्दछ । त्यसकारण मजदुरको घरमा जन्म लिएर पनि कोही अधिकारी र शासक बन्ने गर्दछन् भने कोही शासक, विद्वान र धनीको सन्तानले पनि मजदुरीसम्म गर्नुपर्छ ।

कोही व्यक्ति कति धनी हुनेछ, उनीसँग कहाँबाट कति धन आउनेछ त्यो कुराको निर्धारण पनि गर्भमा नै हुने गर्दछ । प्रकृतीको अन्तिम सत्य मृत्यु मानिएको छ । चाणक्यका अनुसार व्यक्तिको मृत्युको समय पनि गर्भमा नै तय हुन्छन् । त्यसकारण मृत्युबारे डराउनु हुँदैन ।

प्रकाशित मिति: Apr 19, 2017

प्रतिक्रिया दिनुहोस्