Logo
१२ बैशाख २०८१, बुधबार
(April 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खानाको उजुरी गर्ने बिएसएफ जवान तेज बहादुर बर्खास्त

एजेन्सी, नयाँ दिल्ली: भारतीय सीमा सुरक्षा बलका जवान तेज बहादुर बर्खास्त भएका छन् । उनको आरोप थियो कि बिएसएफको मेसमा जवानहरुलाई खराब खाना दिइन्छ । उनले यसको एउटा भिडियो सुट गरेर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उक्त भिडियो निकै भाइरल बनेको थियो ।

उनको विरुद्ध कोर्ट अफ इन्क्वायरीमा जाँच भएको थियो । त्यहाँ उनले बिएसएफको छवि धुमिल गरेको ठहर गरिएको थियो ।तेज बहादुरले गत जनवरी ९ मा फेसबुकमा भिडियो पोष्ट गरेका थिए । तेजबहादुरले भिडियोमा दाबी गरेका थिए, ‘म कुनै सरकार विरुद्ध आरोप लगाउन चहान्न । किनभने सरकरले सबैलाई समान हक दिन्छ ।

तर, हाम्रो सिनियर अफिसर सबै बेचेर खान्छन्, हामी केही पनि पाउँदैनौँ । कयौँ पटक जवान भोकै सुत्नुपर्छ । हाम्रो नास्ता देखाउँछु जसमा एउटा पराठा र चिया हामी पाउँछौँ ।’ ‘यसमा न अचार हुन्छ । दिउँसोको खानाको दालमा बेसार र नुन मात्र हुन्छ । हामीलाई सरकारले सबै उपलब्ध गराउँछ । तर, यो सबै बजारमा जान्छ । यसको जाँच हुनुपर्छ,’ उनले भनेक ाथिए ।

उनले पाकिस्तानको सीमामा सुरक्षा गरिरहेका जवानहरु कयौँ रात भोकै सुत्नु परेको बताएका थिए । भिडियो बारे प्रधानमन्त्री कार्यालयले गृहमन्त्रालयसँग रिपोर्ट माग गरेको थियो । भिडियो जारी भएपछि उनलाई एलओसीबाट प्लम्बरमा सिफ्ट गरिएको थियो । त्यसपछि उनले एउटा अडियो क्लिब जारी गरेका थिए जसमा उनले आफ्ना अफिसरहरुले आफूलाई अनुशासन तोडेको बताउने गरेको उल्लेख गरेका थिए । ‘त्यसको भए मैले १४ वटा अवार्ड कसरी जिते ?,’ उनले प्रश्न गरेका थिए ।

विएसएफका आइजी डिके उपाध्यायका अनुसार सन् २०१० मा तेज बहादुर आफ्नो सिनियर अफिसरमाथि बन्दुक तोको आरोपमा उनलाई कोर्ट मार्सल गरिएको थियो । उनको करियरमा चारपटक सजाय भोगेको उनले बताएका थिए । गत फेब्रुअरीमा तेजबहादुरकी पत्नीले बिएसएफले आफ्नो पतिलाई कैद गरेको आरोप समेत लगाएका थिए ।

प्रकाशित मिति: Apr 19, 2017

प्रतिक्रिया दिनुहोस्