Logo
१२ बैशाख २०८१, बुधबार
(April 19, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् पाकिस्तानमा भारतीय गुप्तचरको इतिहास

इस्लामाबाद : पछिल्लो समय भारतीय गुप्तचर भनिएका कुलभूषणा जाधवलाई पाकिस्तानमा मृत्युदण्डको फैसला दिइने निर्णयबारे निकै चर्चा भइरहेको छ । तर, जाधव त्यस्ता पहिलो भारतीय होइनन् जसमाथि पाकिस्तानमा जासुसीको आरोप लागेको छ । यसअघि पनि ‘जासुस’ हरुबारे दुई देशबीच लामो इतिहास रहेको छ ।

सरबजीत सिंह सन् १९९० अगस्तमा पाकिस्तानबाट पक्राउ परेका थिए । त्यतिबेला भारतले २७ वर्षीय सिंह खेत जोत्ने क्रममा पाकिस्तानको सीमाभित्र पुगेको बताएको थियो । फैसलाबाद, मुल्तान र लाहौरमा १४ पाकिस्तानी नागरिकको ज्यान जाने गरी भएको ४ बम विस्फोटको आरोपमा पक्राउ गरिएको थियो । उनलाई पछि मृत्युदण्डको सजाय सुनाइएको थियो ।

सन् २०१३ को अप्रिल २६ मा कोट लखपाट जेलमा नै अन्य कैदीले उनीमाथि सांघातिक आक्रमण गरेका थिए । उनको टाउकोमा गम्भिर चोट लागेको थियो । उनलाई पछि लाहोरको जिन्नाह अस्पतालको आइसियुमा भर्ना गरिएको थियो र मे २ मा उनको मृत्यु भयो ।
मृत्युपछि उनको शव भारत ल्याएर अन्तिम संस्कार गरिएको थियो ।

सिंहलाई पनि जासुसीको आरोपमा पाकिस्तानमा सन् १९७३ मा पक्राउ गरिएको थियो । ३५ वर्षसम्म उनी जेलमा रहे । राष्ट्रपति परवेभ मुसरर्फले उनलाई माफी दिएका थिए । उनलाई हिरोको रुपमा स्वागत गरिएको थियो । भारत फर्किएपछि उनले आफू जासुस भएको स्वीकार गरेको प्रेस ट्रस्ट इन्डियामा उल्लेख छ । उनले मासिक ४ सय रुपैयाँ पाउँथे ।

राजिस्थानका रविन्द्र रंगकर्मी थिए । उनलाई रअले भर्ना गरेको थियो । २ वर्ष प्रशिक्षण पछि उनलाई सन् १९७५ मा कराची विश्वविद्यालयमा नबि अहमद शकिरको नामले भर्ना गरिएको थियो । त्यहाँ स्नातक सकेपछि उनले पाकिस्तानको सेनामा भर्ना हुँदै मेजरसम्म पुगेका थिए ।

उनले सन् १९७९ देखि ८३ को बीचमा पाकिस्तानी सेनाको गोप्य सूचना रअसम्म पुर्याएका थिए । एक अर्का जासुस पक्राउ परेपछि उनको भेद खुलेको थियो । कौशिकलाई १६ वर्ष जेल सजाय सुनाइएको थियो । मुल्तान जेलमा सजाय काट्दाकाट्दै उनको सन् २००१ मा निधन भयो ।

सामिम सन् १९८९ मा पाकिस्तानी अधिकारीहरुद्वारा पक्राउ परेका थिए । उनीमाथि रअको निर्देशनमा काम गरेको अरोप थियो ।पाकिस्तानी अधिकारीहरुका अनुसार सामिम दुई देशको सीमामा ‘रंगेहात’ पक्राउ परेका थिए । उनलाई सन् १९९९ मा मृत्युदण्ड दिइएको थियो ।

प्रकाशित मिति: Apr 19, 2017

प्रतिक्रिया दिनुहोस्