Logo
१२ बैशाख २०८१, बुधबार
(April 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ठुला दललाई टक्कर दिन मधेसवादी दल शक्तिशाली बन्दै

काठमाडौं, ३१ चैत्र । मधेशमा नागरिकको जीवन स्तर जे को त्यही तर दल भने छ्यापछ्प्तै । तर अब त्यस्तो हुने भएको छ । यतिबेला, ठुला दललाई टक्कर दिन मधेशवादी विभिन्न दलहरु एकता मार्फत आफूलाई शक्तिशाली बनाउने तयारीमा जुटेका छन् ।

मधेसी मोर्चामा आबद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्भावना पार्टीबीच वैशाखभित्रै एकता हुने उच्च स्रोतले बतायो ।

यतिबेला पार्टीको नाम, चुनाव चिह्न, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तीव्र भएको छ । स्रोतका अनुसार, उपेन्द्र यादवको संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल हुने छैन ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले पार्टी एकताका लागि शीर्ष नेताहरूको समन्वयमा दोस्रो तहका नेताहरूबीच गृहकार्य गरिरहेको स्रोतको दावी छ । एकतासम्बन्धी प्रस्तावित डकुमेन्टहरू यतिबेला इमेलमा पठाउने र त्यसबारे एकअर्काको प्रतिक्रिया माग्ने काम चलिरहेको बताइएको छ ।

मोर्चाका घटकबीच पार्टी एकता गर्न मधेसी जनताको दबाब स्वरुप एकतासम्बन्धी छलफल गर्न ६ मधेसवादी दलका शीर्ष नेताहरू शुक्रबार ठाकुर निवासमा जुट्न लागेको उच्च स्रोत बताउँछ ।
त्यसको कमाण्डिङ तमलोपा वरिष्ठ नेता हृदयेश त्रिपाठीले समेत लिएको बुझिन्छ ।

उता, उपेन्द्र यादव भने नयाँ शक्तिको नेतृत्व लिएका बाबुराम भट्टराईसँग आफ्नो संघीय समाजवादी फोरमलाई एकता गराउने अन्तिम कसरतमा छन् । यसरी मधेशकेन्द्रीत दलहरु आफ्नो क्षमतालाई शाक्तिशाली बनाउन जुटेका हुन ।

६ दल जुटेको खण्डमा चैथो शक्तिको रुपमा मधेशवादी दल आउने निश्चित देखिन्छ । उनीहरु जुटेर आएको खण्डमा कांग्रेस, एमाले, माओवादीलाई समेत टक्कर दिन सक्ने देखिन्छ ।

प्रकाशित मिति: Apr 13, 2017

प्रतिक्रिया दिनुहोस्