Logo
१३ बैशाख २०८१, बिहीबार
(April 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कहानीलाग्दो ब्लातकार कथाः राजधानीकै सार्वजनिक बसमा किशोरी बलात्कृत

काठमाण्डौ, २५ चैत :  लतिलपुरको बालकुमारी बस्दै आएकी रिता थापा (नाम परिवर्तन) उमेरले भर्खर १४ बर्ष पुगिन् । एक साताअघि (२०७३ चैत १८ गते) कोठामा सामान्य निहुँमा उनका दाईले उनलाई गाली गरे ।

दाईको गालीको पिडा खप्न नसकेपछि बालकुमारी स्थित मुल सड्कमा उभिईरहेका बेला एउटा सार्वजनिक बस उनको सामुन्ने आएर अडियो । साँझ ८ बजेको थियो बसमा ड्राईभर मात्रै थिए, गाडी चालकले रितालाई सोधे, ‘तिमी कहाँसम्म जाने म लगिदिन्छु ।’

उनले साथीको घरमा जान लागेको कुरा सुनाईन्, गाडी चालक सागर परियाले ‘हुन्छ बस्’ भनेर गाडी चलाए । केही सेकेन्डमै उनले बालकुमारीकै एक होटल अगाडी गाडी रोके अनि खाना खाएर लगिदिने प्रस्ताव गरे ।

स्टाफ होटलमा खाना खाने क्रममा सागरले रितालाई पनि खाना खान आग्रह गरे । खाना खाने क्रममा किशोरीको मनपेट बुझिसकेका सागरले उनलाई गाडीभित्र लगे अनि बलात्कार गरे ।

गाडी पार्किङ गरेको ठाउँबाट किशोरी चिच्याएको आवाज बालकुमारी चोकसम्म फैलियो । नजिकका होटल सञ्चालक र किराना पसलेहरु आवाज पछ्याउँदै पुगे । स्थानीय मान्छेहरु पुगेपछि सागर भागे । प्रहरीले रितालाई उद्दार गरेर लग्यो ।

‘हल्ला खल्ला भएपछि सागर परियार भागेका थिए’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) ईश्वर कार्किले भने, ‘एक साताको प्रयासपछि बलात्कारमा संलग्न ३० बर्षिया सागर लाई सिन्धुपाल्चोकबाट पक्राउ गर्न सफल भयौं ।’

घट्ना घटेको साँझ महानगरीय प्रहरी प्रभागबाट खटिएका सई बिजय तिमल्सिनाले किशोरीको उद्दार गरेका थिए । सागरले चलाउँदै आएको बस नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

‘सागरको दाईको ठेगाना खुलेपछि अभियुक्त सम्म पुग्न सजिलो भयो’ डिएसपी कार्कीले भने, ‘बिहीबार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

सागर नेपाली (परियार) चक्रपथ रुटमा बा.१ ख ६९६६ नम्बरको बस चलाउँथे । सिन्धुपाल्चोक सानो सिरुवारी स्थायी घर भएका परियार ललितपुरको लगनखेल बस्दै आएका थिए ।

राजेश भण्डारीले रतोपाटीमा समाचार लेखेका छन ।

प्रकाशित मिति: Apr 7, 2017

प्रतिक्रिया दिनुहोस्