Logo
७ बैशाख २०८१, शुक्रबार
(April 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशमा चुनाव नहुने खतरा बढ्दै

काठमाडौं, २५ चैत्र । ३१ बैशाखमै मधेशमा चुनाव नहुने खतरा बढ्दै गएको छ । सरकारले मधेसी मोर्चासँग राजनीतिक सहमति नजुटाउँदा मधेशमा तोकिएको समयमा चुनाव नहुने खतरा बढ्दै गएको हो ।

उता, निर्वाचन आयोगले समेत मधेश केन्द्रित दलसँग सहमती नहुँदा तराईका जिल्लामा निर्वाचन तयारीका कतिपय काम अघि बढ्न नसकेको बताएको छ ।

स्रोतका अनुसार, सहमतीको अभावमा तराईका जिल्लाहरूको मतपत्र र मतदाता परिचयपत्र छाप्न ढिलाइ भइरहेको र कतिपय जिल्लाको मतदान केन्द्र टुंग्याउन बाँकी रहेको आयोगको भनाई छ ।

यसले तराईमा तोकिएकै समयमा चुनाव हुने या नहुनेमा अन्योलता बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई चैत १७ मा प्रमुख आयुक्त अयोधीप्रसाद यादवसहितका आयोग पदाधिकारीले भेटेर एक साताभित्र सहमति जुटाउन आग्रह गरेका थिए ।

तर  तर, सहमति हुन सकेको छैन । सरकारले सहमती नगर्दा तराईका जिल्लामा चुनावको वातावरण कमजोर बनेको जानकारहरु बताउँछन् ।

 

 

प्रकाशित मिति: Apr 7, 2017

प्रतिक्रिया दिनुहोस्