Logo
१० मंसिर २०७९, शनिबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

निधि-थापा बीचको वरियता विवादले क्याबिनेट बैठक स्थगित

काठमाडौं, चैत २४ : उपप्रधानमन्त्रीको वरियता विवादका कारण विहिबार बोलाइएको मन्त्रीपरिषद बैठक पनि स्थगित गरिएको छ ।उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाबीच वरियता विवाद भएपछि विहिबार बोलाइएको मन्त्रीपरिषद बैठकमा अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

दोस्रो वरियता आफूले नपाए सरकारबाटै बाहिरिने चेतावनी उपप्रधानमन्त्री निधिले दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गत चैत्र २ गतेयता मन्त्रीपरिषद बैठक समेत राख्न सकेका छैनन् । तीन सातायता मन्त्रीपरिषद बैठक बस्न नसक्दा तत्काल आईजीपी नियुक्त गर्न सर्वोच्च अदादतले दिएको आदेश सरकारले पालना गर्न सकेको छैन ।

निधि तथा थापा दुवैले दोस्रो वरियतामा दावी गरेपछि प्रधानमन्त्री दाहाल अप्ठयारोमा परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका थापाले आफूलाई दोस्रो वरियता दिने सहमति भएको दावी गर्दै आएका छन् । यता, कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकाले आफूले नै दोस्रो वरियता पाउनुपर्ने निधिको तर्क छ ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्