Logo
८ बैशाख २०८१, शनिबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

योगी आदित्यनाथको घोषणा: भारत हिन्दु राष्ट्र बन्ने !

काठमाडौं, २४ चैत्र । यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले भारतलाई हिन्दुराष्ट्र बनाउने घोषणा गरेका छन् । यूपीका मुख्य मन्त्रि भएपछि भारतीय टेलिभिजनलाई पहिलो अन्तरवार्ता दिदै योगी आदित्यनाथले भारतलाई हिन्दुराष्ट्र घोषणा गर्न आफू लागिपरेको बताउँदै छिट्टै सफल हुने बताएका हुन ।

उनले दिएको अन्तरवार्ता अनुसार भारतमा उनले हिन्दुराष्ट्र घोषणा गर्न आफ्नो लर्बिङलाई तीब्र बनाएका छन् भने उनले पछिल्लो समय नेपाललाई समेत हिन्दुराष्ट्र घोषणा गर्न आफ्नो प्रयासलाई जारी राखेको बुझिन्छ ।

पछिल्लो समय नेपालमा हिन्दुराष्ट्रको आवाज निकैनै दरिलो रुपमा उठिरहेको छ । कांग्रेसका प्रभावशालि नेता खुमबहादुर खड्कादेखि राप्रपा अध्यक्ष कमल थापालगायतले नेपाल हिन्दु राष्ट्र हुनुपर्नेमा आवाज उठाएका छन् ।

यस्तो बेला यूपीका मुख्यमन्त्री योगी आदित्यनाथले घोषणा गरेको उक्त कदमले विश्वभर तरंग सिर्जना गराएको छ । अन्तरवार्ताका क्रममा योगीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महायोगी भन्दै सम्बोधन गरेका थिए ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्