Logo
१९ मंसिर २०७९, सोमबार
(April 6, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजपरिवारको सम्पत्ति फेरि खोज्दै नेपाल ट्रस्ट

काठमाडौं, २४ चैत । स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनका परिवारको सम्पत्ति खोज्न स्थापना भएको नेपाल ट्रस्टको कार्यालयले ७ जिल्लाको सम्पत्ति खोजविन गर्ने भएको छ।

विभिन्न जिल्लामा सम्पत्ति खोजविन गर्न खटिएको टोलीले धनुषा, उदयपुर, सप्तरी, कपिलवस्तु, पर्सा, मुस्ताङ र मनाङ जिल्लाको सम्पत्ति खोजी शुरू गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता लेखबहादुर कार्कीले वैशाख महिनाभित्र सात जिल्लाको सम्पत्ति खोज्न प्राविधिकसहितको टोली खटाउने तयारी भइरहेको बताए।

उनले केही जिल्लामा पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति भेटिन थालेपछि अन्य जिल्लामा पनि खोजिएको बताए। खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

प्रकाशित मिति: Apr 6, 2017

प्रतिक्रिया दिनुहोस्