तीन पार्टीवीच एकिकरणः गच्छदार अब १७ सांसदको मुख्या
काठमाडौ चैत २३ । विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), शिवलाल थापा अध्यक्ष रहेको राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र यशोदा कुमारी लामा अध्यक्ष रहेको दलित जनजाति पार्टी नेपालबीच आज एकीकरण भएको छ ।
अध्यक्ष गच्छदारसँग १४ सांसद छन् भने शिवलाल थापासँग दुई र अशोदासँग एक सांसद रहेका छन् । यो सँगै फोरम लोकतान्त्रिकबाट सांसद संख्या १७ सांसद पुगेको छ ।
यी तीनै पार्टीले आज एक कार्यक्रम गरि पार्टी एकीकरण गरेको घोषणा गरेका छन् । याशोदा कुमारी लामा पनि विश्वेन्द्र पासवानको पार्टीबाट अलग भएकी थिइन् ।
एकल जातीय अभिजात्य वर्गको एकाधिकार समाप्त गर्ने उद्देश्यका साथ एकीकरण भएको सो दलले सरकारको नेतृत्व लिने लक्ष्य समेत लिएको छ ।
यसअघि उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालले अशोक रायका पार्टी संघीय समाजवादी पार्टीसँग एकीकरण गरि १५ जना सभासद्को पार्टी बनाएको थियो ।
अर्थात उपेन्द्रको गच्छदारको फोरम लोकतान्त्रिक भन्दा एकसीटले ठूलो पार्टी भएको थियो । अब फोरम लोकतान्त्रिक फोरमभन्दा दुई सीटले अगाडि भएको छ ।