Logo
८ बैशाख २०८१, शनिबार
(April 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी हुन रोनाल्डोले डिनरका लागि बोलाएकी ब्राजिलियन मोडल

एजेन्सी, पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो पछिल्लो समय स्पेनिस मोडल जर्जिना रोड्रिग्वेजसँग प्रेममा छन् । रोनाल्डो सहभागी हुने सवैजसो समारोहमा जर्जिनसँगै पुग्ने गरेकी छिन्। मोडल एरिना स्याकसँगको प्रेम सम्बन्ध टुटेपछि रोनाल्डो स्पेनिस मोडल रोड्रिग्वेजतिर लागेका हुन् ।

यस्तै, अन्तर्राष्ट्रिय फुटबल खेल्न पोर्चुगल पुगेका रोनाल्डोले एक ब्राजिलियन मोडललाई डिनरका लागि निम्तो दिएको खुलासा भएको छ । ब्राजिलियन मोडल इरिका क्यानेलाले आफूलाई स्टार क्रिष्टियानोले डिनरका लागि बोलाएको खुलासा गरेकी हुन् । उनले सामाजिक सञ्जाल ‘ह्वाट्स अप’ मा च्याट हुँदा रोनाल्डोले आफूलाई डिनरका लागि बोलाएको उल्लेख गरेकी छिन् ।

टिभी रियालिटी शोका लागि लिस्वन आउँदा रोनाल्डोले आफूलाई भेट्न बोलाएको इरिकाले बताएकी छिन् । इरिकाका अनुसार रोनाल्डो पोर्चुगलका लागि खेल खेल्न आएका बेला यस्तो प्रस्ताव राखेका थिए । उनले भनेकी छिन्,‘रोनाल्डो जब देशका लागि खेल्न पोर्चुगल आएका थिए, त्यतिबेला उनकी प्रेमिका जर्जिना पोर्चुगल आएकी थिइनन् ।

म रियालिटी टिभी शोका लागि लिस्वन आउँदा उनले डिनरका लागि बोलाएका थिए।’ ‘तिमी मेरो घरमा आउँछौं, म तिमीलाई भेट्न चाहन्छु। लिस्वनस्थित मेरो होटलबाट तिमीलाई यहाँ मेरो घरमा आउने व्यवस्था गरिदिन्छु रोनाल्डोले मलाई ह्वाट्स अपमा भनेका थिए,’ उनले दी सनसँग भनेकी छिन्।’ ‘ऊसँग बोल्नुभन्दा अगाडि सबैकुरा ठीक थियो ।

म ढिलो भएकी थिएँ ऊ सँग जम्मा १५ मिनेटको समय थियो। त्यसपछि मैले उसलाई भने–म आधाघण्टे महिला होइन। बरु मलाई १५ मिनेट एक्लै बस्ने समय दिऊ भनेर फोन काटिदिए,’ इरिकाले उल्लेख गरेकी छिन् । ‘रोनाल्डोलाई भेट्न पाएको भए मेरो एउटा सपना पुरा हुन्थ्यो। तर, त्यसो हुन सकेन। रोनाल्डोजस्ता व्यक्तिलाई मैले मन पराउँछु,’इरिकाले भनेकी छिन् । ‘ब्राजिल फर्किएपछि मलाई यो थाहा भयो कि, त्यसबेला मलाई रोनाल्डोले ‘ह्वाट्स अप’ मा ब्लक गरिसकेका रहेछन्,’इरिकाले भनेकी छिन्।

प्रकाशित मिति: Apr 3, 2017

प्रतिक्रिया दिनुहोस्