Logo
१२ बैशाख २०८१, बुधबार
(April 3, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘ओप्पो मोवाइल उपभोक्ताका लागि टोक्नु न बोक्नु’

काठमाडौं ,२१ चैत । विश्वको चौथो ठूलो मोवाइल ब्राण्ड दाबी गरेको ओप्पो मोबाइल नेपाली बजारमा भित्रिएसँगै सेवाग्राहिहरु मर्कामापरेका छन् ।  धुमधामका साथ भित्रिएको ओप्पो उपभोक्ताहरुको लागि अहिले टोक्नु नबोक्नु भएको छ । कम्पनीले उपभोक्ताहरुको गुनासो समेत सुन्न छाडेपछि उनीहरु सास्तिमा परेकाहुन् ।

प्राविधिकरुपले कमसल स्मार्टफोन उत्पादन गरेर सस्तो मुल्यमा बजारमा उपलब्ध गराएको ओप्पो ब्राण्डका उपभोक्ताहरु यतिबेला सस्तोमा किन्दाको नियति भोग्न बाध्य भएका छन् । विज्ञापनको भरमा आफुलाई चर्चित ब्राण्डको रुपमा स्थापित गराउन खोजेको ओप्पोले स्मार्टफोनको बजारमा जसरी विभिन्न व्राण्डहरु प्रतिस्पर्धा गर्दै निम्न एवं मध्यमबर्गहरुका लागि समेत भन्दै सस्तोमा उपलब्ध गराएका छन्, त्यस्ता मोवाइल सेटहरुमा विभिन्न समस्या देखा पर्दै जान थालेको पछि उपभोक्ता चिन्तामा परेका हुन् ।

पछिल्लो समयमा एप्पल, सामसुङ र हुवावेपछि सस्तोमा स्मार्टफोन बजारमा ल्याएको ओप्पोले जति तामधामका साथ नँया जोगीले धेरै खरानी घस्छ भने झै बजार मच्चाउन खोजेको छ । ओप्पोले सस्तोमा उपलब्ध गराएको स्मार्टफोनहरुमा विभिन्न समस्यहरु देखा पर्न थालेसंगै ओप्पो आधी आएजसरी आउने र त्यसरी नै विस्तापित हुनसक्ने विश्लेषण मोवाइल व्यवसायीहरुले गर्न थालेका छन् ।

‘मेड इन चाइना आज छ भोली छैन्’ भन्ने नेपाली उखानलाई ओप्पोले प्रमाणित गरिदिने त होइन यस्तै भन्न थालिएको छ । विश्वमा मध्यम र निम्न मध्यमवर्गको संख्या अत्याधिक रहेको विषयलाई ध्यानमा राखी सस्तोमा कमसल स्मार्टफोन उत्पादन गरि बेच्दै उपभोक्ताको हितभन्दा कम्पनीको आम्दानीलाई बढी प्रथामिकता दिएको आरोप यतिवेला ओप्पो उत्पादक कम्पनीलाई लाग्न थालेको छ ।

त्रिवेणी ग्रुपसंग आवद्ध टेलिसेल प्रा.लि.नेपाली बजारमा ल्याएको ओप्पो ब्राण्डका स्मार्टफोन यतिबेला भल्गर विज्ञापनको भरमा जसरी बजार पिटेको छ, सोही कारण के के नै होला भन्दै उपभोक्ता गुणस्तरहित स्मार्टफोन ओप्पो खरिद गरेर प्रयोग गर्दे जाँदा पछुतो मान्न पुगेका छन् ।

नेपालमा गरिब तथा मध्यमबर्गको बाहुल्यता छ, त्यसैले यहाँ सस्तोमा स्मार्ट फोन जस्ले ल्याउन सक्यो उसको बढि व्यापार हुनु स्वभाविकै हो, तर जसरी पछिल्लो समय हुवावेको बजार जसरी खस्किएको छ त्यसरी नै एकदिन ओप्पोको बजार खस्किएर विस्तापित हुने दिन नजिकै रहेको व्यापारीहरु बताउछन् ।

नेपाली बजारमा आएका अधिकाशं फोन पछिल्लो अवस्थामा चीनबाटै आउने गरेका छन् । ओप्पो स्मार्ट मोबाइल सेट पनि चीनबाट आएको हो । यसमा नक्कली चाइनिज पार्टपूर्जा रहेको र चोरी बाटो बाट आएको र प्रचार प्रसार भए अनुसार क्वालिटी नरहेको उपभोक्ताहरुको भनाई छ । फेसबुक, युबटुयूव, मेल जस्ता अति महत्वपूर्ण मोवाइल एपहरु चलाउदा चलाउदै फोन नै ह्याङ हुने ।

डबल सीम नचल्ने र ब्याट्रि नटिक्ने भएपछि उपभोक्ताहरुलाई थप चिन्तित तुल्याएको छ । चीनमा सस्तो मुल्यमा पाउने यस्ता फोन नेपालमा महंगोमा विक्री गरेको र कर समेत नतिरेको फेला परेको हो । यसबारे नेपाल प्रहरीको सीआइवीमा उजुरी समेत परेको छ । उजुरी पछि छानविन समेत सुरु भैसकेको स्रोतको दावी छ

ओप्पो स्मार्टफोनमा देखिएको समस्याका विषयमा टेलिसेल प्रा।लि।का प्रवन्ध निर्देशक सुनिल कुमारसंग प्रतिकृयाका लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।

प्रकाशित मिति: Apr 3, 2017

प्रतिक्रिया दिनुहोस्