Logo
१५ चैत्र २०८०, बिहीबार
(March 31, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महानगरले काठमाडौंको धुलो हटाउन १० वटा ब्रुमर किन्ने

काठमाडौं,चैत १८ ।  काठमाडौं महानगरपालिकाले सडकमा जम्ने धुलो सफा गर्न १० वटा ब्रुमर किन्ने भएको छ । काठमाडौंको धुलोले जनस्वास्थ्यमा असर परेको, वातावरणीय प्रदुषण बढेको भन्दै धुलो कम गर्न महानगरले आफ्नो क्षेत्र र आसपासका सडक सफा गर्न ब्रुमर किन्न लागेको हो ।

महानगरका प्रमुख कार्यकारी ईश्वरराज पौडेलले शुक्रबार तत्काल सुधारको कार्ययोजना पेस गर्दै ६ महिनाभित्र १० वटा ब्रुमर किनेर सडक सफा गर्ने जानकारी दिए ।  यसअघि नै सडक विभागले चारवटा ब्रुमरले सडक सफा गरिरहेको छ।

त्यस्तै उपत्यकाका फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रका कम्पनीले पाएपछि हाल सफाइमा रहेका कर्मचारीलाई भित्री सडकमा खटाइने महानगरले जनाएको छ।

केही ५ घनमिटरका र केही थोरै क्षमताका किन्ने योजना बनाएको महानगरलाई बजेटको व्यवस्था सरकारले गरिदिने प्रतिबद्धता जनाएको एक अधिकारीले बताए।

महानगरले ६ वटा यस्ता ब्रमुर किन्न टेन्डर प्रक्रिया तयार पारिसकेको अधिकारीहरुले बताएका छन्। ५ घनमिटर क्षमताका एउटा ब्रुमरको खरिददर २ करोड रुपैयाँ पर्न जान्छ। कूल १० वटा किन्न १५ देखि १६ करोड रुपैयाँ लाग्ने महानगरले अनुमान गरेको छ।

महानगरले पहिलोचरणमा ६ वटा र दोस्रो चरणमा ४ वटा यस्ता ब्रमुर ल्याउने योजना बनाएको छ। जसको लागि टेन्डर प्रक्रिया कम्तिमा पनि तीन महिना लाग्ने हुँदा केही समय लाग्ने प्रमुख कार्यकारी पौडेलले बताए।

हाल महानगरसँग एउटा ब्रमुर छ। ०६८ सालमा चीन सरकारको अनुदानमा दिएका थोरै क्षमताका दुईवटा ब्रुमर भने बिग्रिएर थन्किएका छन्। त्यस्तै सार्क शिखर सम्मेलनको क्रममा खरिद गरिएको एउटा ब्रुमर भने चालु छ।

नयाँ ब्रुमर दुई प्रकारका हुने महानगरले जानकारी दिएको छ। एउटा ५ घनमिटर क्षमता र अर्को त्यो भन्दा थोरै क्षमताको। सडकको अवस्था, धुलोको मात्राअनुसार त्यस्ता ब्रुमर परिचालन गरिने महानगरले जनाएको छ।

५ घनमिटरको मेसिनले धेरै धुलो सफा सक्ने अधिकारीले जानकारी दिए। उनका अनुसार माटोको थुप्रोलाई सोस्नसक्ने त्यस्ता मेसिन चलाउन महानगरमा पहिले नै भएका अपरेटरलाई तालिम दिइने छ।

मेलम्चीको पाइप खन्दा सडक धुलाम्मे भएको र पिच गर्दा पनि त्यो धुलो नजाने भएकोले त्यस्तो सडक सफा गर्न महानगरले यस्ता मेसिन किन्ने योजना पहिले नै ल्याएको थियो ।

प्रकाशित मिति: Mar 31, 2017

प्रतिक्रिया दिनुहोस्