Logo
१५ चैत्र २०८०, बिहीबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेक्सको नयाँ अखडा बन्यो पुरानो एम्बुलेन्स

बीबीसी, डेनमार्कको राजधानी कोपेनहेगनमा यौनकर्मीबिच सुरक्षित यौनसम्बन्धका लागि एउटा नयाँ अवधारण निकै चर्चित भइरहेको छ । यौनकर्मीले अब पुरानो एम्बुलेन्समा यौनसम्बन्ध स्थापित गर्न सक्नेछन् ।

सेक्सलेन्स नाम दिइएको उक्त पुरानो एम्बुलेन्स कोपेनहेगनमा यौनकर्मीहरुका लागि निकै सुरक्षित स्थान भएको उनले बताएका छन् । यौनकर्मी आफ्ना ग्राहकलाई यहाँ ल्याउन सक्छन् । यसका साथै उक्त सेक्सलेन्स वरिपरि अन्य मानिसहरुको पनि उपस्थिती हुन्छ ता कि केही अप्ठेरो भइहाले स्थितीलाई नियन्त्रणमा लिन सकियोस् ।

उक्त नयाँ अवधारणा डेनमार्कका माइकल लोडबर्ड ओल्सनको हो जसले यस्ता थुप्रै अवधारणामाथि काम गर्ने गर्दछन् । मिशेलले डेनिस नेशनल सेन्टर फर सोसल रिसर्चको आँकडाको हिसाबले डेनमार्कमा ४५ प्रतिशत यौनकर्मी संकट हुने गरेको बताइन् ।

यौनकर्मीले आफ्ना व्यवसाय सडकमा चलाइरहेका छन् । उनीहरु अवैध वेश्यालयको खर्च वहन गर्न सक्दैनन् । त्यसकारण माइकलले यस्ता मानिसहरुलाई सहयोग गर्न चाहेको बताए ।

सेक्सलेन्सको प्रयोगका लागि कुनै शुल्क तिर्नुपर्दैन । सन् १९९९ देखि डेनमार्कमा वेश्यावृत्ती वैध छ । यद्यपी, यहाँ यौनकर्मीहरुले भाडामा कोठा लिनु गैरकानूनी छ ।

यसकारण सुरक्षाका लागि एउटा नोटिस पनि टाँसिएको हुन्छ जसमा हिंसाको संकेत पाउने बित्तिकै पुसिललाई बोलाउनुहोस् भनी लेखिएको हुन्छ ।

दोस्रोतर्फ यौनकर्मीहरुलाई यदि उनीहरु मानव तस्करीको शिकार बन्दैछन् भने उनीहरुले तत्काल सम्पर्क गर्नुपर्छ भन्ने कुराको पनि प्रोत्साहन दिइएको हुन्छ ।

साथै, यहाँ मद्दतका लागि अन्य कुराहरु पनि राखिएका छन् । यौनसम्बन्ध पश्चात् सफा गर्न वाइपर राखिएको छ । तीनवटा कण्डम, लुब्रिकेन्ट र एउटा हिटर पनि राखिएको छ ।

यो हिटर बाहिरको जेनेरेटरले चल्छ । यी सबै सुझाव यौनकर्मीले दिएको माइकलले बताएका छन् । माइकल भन्छन्, ‘यी मानिसहरु मेरा छिमेकी र साथीहरु हुन् त्यसकारण मैले उनीहरुको कुरा सुनें । उनीहरुलाई के आवश्यक पर्छ यसबारे उनीहरुलाई नै थाहा होला । उदाहरणको रुपमा उनीहरुका अनुसार धेरैजसो उनीहरुलाई घुँडामा चोट लाग्छ ।

सन् २०१६ को नोभेम्बरमा जब सेक्सलेन्सको सुरु भयो तब मिशेललाई यो अवधारणाले काम गर्ला भन्ने आशा नभएको बताइन् । मानिसहरु सुरुमा यसलाई प्रयोग गर्नका लागि अनिच्छुक थिए । विशेषगरी ग्राहकको मनमा थुप्रै प्रकारको आशंका थिए । अब भने मानिसहरु यसको अत्यधिक प्रयोग गरिरहेका छन् र मानिसहरुलाई यो अवधारणा निकै मनपरेको बताईएको छ ।

 

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्