Logo
७ बैशाख २०८१, शुक्रबार
(March 30, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी स्कुलमा एक विद्यार्थीको रहस्यमय मृत्यु

काठमाडौं, चैत १७ ।  राजधानीको सामाखुसी–रानीबारीस्थित नेपाल प्रहरी स्कुलमा एक छात्रको रहस्यमय मृत्यु भएको छ । सोहि स्कुलमा कक्षा ८ मा अध्ययनरत गोंगबूका कुन्दन मगरको बुधबार सहस्यमय ढंगले मृत्यु भएको हो ।

मृतकका आफन्त आशिष मगरका अनुसार विद्यालयले बुधबार बिहान छलफलको लागि भन्दै कुन्दन मगरलाई बोलाएको थियो ।  घटना रहस्यमय भएको भन्दै मृतकका आफन्त आज स्कुल घेराउ गर्न पुगेसँगै घटना सार्वजनिक भएको हो ।

मृतकको एक प्रहरी हल्वदारकी छोरीसँग प्रेम सम्बन्ध रहेको र सो विषयमा विवाद बढ्दै जाँदा उनलाई विद्यालयले छलफलका लागि बोलाएको बताइएको छ ।

पछिल्लो समय ती हवल्दारकी छोरी र मृतक कुन्दनबीच फेसबुकमा पठाइएको म्यासेज विषयमा विवाद भएको र सो विवाद विद्यालयसम्म पुगेपछि विद्यालय प्रशासनले आषिशलाई छलफलको लागि भन्दै बोलाएको बताइएको छ ।

स्कुलले त्यस्तो प्रकरणमा विद्यार्थीको अभिभावकलाई बोलाउनु पर्नेमा कुन्दनलाई बोलाएर मृत्यु सम्मको घटना भएकाले त्यसमा आफूहरुलाई गम्भीर शंका रहेको आफन्तको भनाई छ ।

प्रकाशित मिति: Mar 30, 2017

प्रतिक्रिया दिनुहोस्