Logo
१५ चैत्र २०८०, बिहीबार
(March 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एर्यर्पोट एरियामा अर्को सुनकाण्ड: प्रहरीद्धारा केहि तस्करहरु गिरफतार !

काठमाण्डौ ,१६ चैत । एयरपोटको तिलगंगामा एक उदेक लाग्दो सुनकाण्ड घटना घटेको खबर छ । सुन तस्करबारे पछिल्लो समय बिभिन्न समाचारहरु सार्वाजनिक भइरहेकै बेला फेरी अर्को सुनकाण्डले प्रहरीलाई सास्ती गराएको खबर छ । समाचार श्रोतका अनुसार नेपाल प्रहरीले सुन तस्करीको शंकामा केहि ब्यक्तीहरुलाई आजै बेलुका गिरफ्तार समेत गरेको छ ।

काठमाण्डौ स्थित अन्तराष्ट्रिय बिमान स्थल हुँदै आएका तिन जना नेपालीलाई नेपाल प्रहरी गौशालाले गिरफ्तार गरेको हो । प्रहरीले सुन तस्करीको आरोपमा कतारबाट घर फर्किदै गरेका ती नेपालीहरुलाई गिरफ्तार गरेपनि तिनिहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।

गौशला प्रहरी प्रमुख डिएसपी पुष्कर कार्कीका अनुसार कसैले गलत सुचना दिँदा उनीहरुलाई सुन तस्करीको शंकामा गिरफ्तार गरिएको भन्दै घटनाक्रम भने अर्के रहेको बताएसँगै घटनाले अर्कै रुप लिएको छ ।

बिदेशबाट आएका केहि ब्यक्तीहरु एयरपोट नजिकै तिलगंगामा जिल्ला जान टिकट काउण्टरमा टिकटको दररेटको बिषयमा झगडा परेको रहेछ, अनि उल्टै उक्त काण्टरवालाले सुन तस्करहरु भनी प्रहरी खटियो ,वास्तबिक अर्कै रहेछ उनले भने ।

सुन तस्कर भने पछि प्रहरीले खान तलासी गर्दा त्यस्तो केहि नभेटिएपछि उल्टै उक्त काउण्टरवालाई कारवाही अगाडी बढाएका छौं उनले थपे । घटना आज बुधबार बेलुकाको हो ।

प्रकाशित मिति: Mar 29, 2017

प्रतिक्रिया दिनुहोस्