Logo
१५ चैत्र २०८०, बिहीबार
(March 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रम आउदा एर्यपोर्टमै उपप्रधानमन्त्रीहरुबीच तछाडमछाड !

काठमाडौं, १६ चैत्र । सरकारका उपप्रधानमन्त्री बिच बोलि बाराबारको स्थिति आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणमा जादाँ मर्यादाक्रमलाई बिथोलेपछि उपप्रधानमन्त्रीहरु विचको विवाद उत्कर्षमा पुगेको हो । उनी आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उपप्रधानमन्त्रीद्धय बिमलेन्द्र निधि र कमल थापा सहितको जमात देखिन्थ्यो ।

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जानु अघिदेखि भित्रभित्रै गुम्सिएको उपप्रधानमन्त्रीको मर्यादा विवाद स्वदेश फर्कने क्रममा विमानस्थलमै छताछुल्ल भएको छ । प्रधानमन्त्रीको स्वागतका क्रममा उनीहरु एकआपसमा नजिक पर्न नि अप्ठारो मानेका थिए भने उप प्रधानमन्त्रीहरु विच बोलचालनै हुन सकेन् ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा प्रमको स्वागतका निम्ति सभामुख ओनसरी घर्ती,संघीय मामिला तथा स्थानीय विकास मन्त्री समेत रहेका उपप्रधानमन्त्री कमल थापा,गृहमन्त्री समेत रहेका उपप्रधानमन्त्री बिमलेन्द्र निधि,अर्थमन्त्री समेत रहेका अर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरा लहरै उभिएका थिए ।

निधिले थापासँग बस्न नरुचाएपछि प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले महरालाई थापाको छेउमा जान सल्लाह दिए । सोही अनुसार स्वागत गर्न उनीहरु लामालस्कर लागे । यसरी उपप्रधानमन्त्रीहरु विचको दुरी बढेको छ ।

प्रकाशित मिति: Mar 29, 2017

प्रतिक्रिया दिनुहोस्