Logo
७ बैशाख २०८१, शुक्रबार
(March 29, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरम छाडी सदभावना गएका योगेन्द्रद्धारा राजिनामा

काठमाडौं । उपेन्द्र यादवको साथ छाडी तामझामका साथ केहि वर्ष अघि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेस गरेका केन्द्रिय सदस्य योगेन्द्रराय यादवले राजिनमा दिएका छन ।  यादवले पार्टीको साधारण सदस्यसमेतबाट राजिनामा दिएका हुन । भने  फेसबुक मार्फत यादवले राजिनमा दिएको सार्वजनिक गरेका छन ।

उनले फेसबुकमा लेखेका छनः ‘अध्यक्षको अलोकतान्त्रिक रवैया र परिवारबाद चिन्तनको बिरोध गर्दै म सदभावना पार्टीको केन्द्रीय सदस्य र युवा बिभाग प्रमुख पद बाट जिल्ला कार्यसमितीका सदस्यहरु समूहगत राजीनामा दिएको छु ।’

याता पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै सदभावना पार्टीले स्पष्टिकरण सोधेपछि उनले राजिनामा दिएको पार्टी स्रोतले जनाएको छ ।

सद्भावना पार्टीको रौतहट जिल्ला समितिमा देखिएको विवाद समाधानका लागि तीन सदस्य छानविन समितिले बुझाएको प्रतिवेदनका आधारमा यादवसँग स्पष्टिकरण सोधिएको सद्भावना पार्टीले जनाएको छ । शुक्रबार पार्टीका केन्द्रीय सचिव मनिष सुमनले एक साताभित्र जवाफ माग गर्दै स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरण बुझाउँन दुई दिन बाँकी रहँदा यादवले पार्टीको साधारण सदस्यसमेतबाट राजिनामाको घोषणा गरेका हुन् ।

आफुलाई कुनै स्पष्टिकरण नआएको जनाउँदै पार्टी अध्यक्ष महतोको अलोकतान्त्रिक पद्धतिका कारण राजिनामा दिएको यादवले  बताए ।

उनले पार्टी अध्यक्ष महतो सिमित व्यक्तिको घेरा बन्दीमा परेको आरोपसमेत लगाए । निकट भविष्यमा मधेशवादी राजनीतिक दलमै प्रवेश गर्ने यादवले बताए ।

सद्भावनाबाटै राजनीति सुरु गरेका यादव पहिलो संविधान सभा निर्वाचनअघि मधेशी जनअधिकार फोरम, नेपालमा प्रवेश गरेका थिए ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको स्वकीय सचिव हुँदै पार्टीको भातृ संगठन युवा फोरमको अध्यक्ष रहिसकेका यादवले दोस्रो पटक युवा फोरमको अध्यक्ष पदमा पराजित हुँदा सद्भावना पार्टीमा प्रवेश गरेका थिए ।

त्यसबेला पनि पार्टी अध्यक्ष उपेन्द्र यादवको अलोकतान्त्रिक कार्यशैलीका कारण पार्टी परित्याग गरेको बताएका थिए ।

प्रकाशित मिति: Mar 29, 2017

प्रतिक्रिया दिनुहोस्