Logo
८ बैशाख २०८१, शनिबार
(March 26, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माग पुरा नभएपछि सरकार ढाल्ने तयारी

काठमाडौं, १३ चैत्र । वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको संघीय गठबन्धनले माग पुरा नभएपछि सरकार ढाल्ने तयारी थालेको छ ।

सरकारले आफूहरुलाई विश्वासघात गरेको भन्दै गठबन्धनले एमाले लगायतका अन्य विपक्षीदलसँग मिलि यस्तो तयारी थालेको हो । गठबन्धनका संयोजक उपेन्द्र यादवले सरकारका कारण मुलुकमा भ्रष्टाचार र बेथिति चरम रुपमा बढेकोले यसको विकल्प खोज्नुपर्ने आवश्यकता रहेको बताए ।

राजधानीमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रचण्ड नेतृत्वको सरकारको विकल्पको संकेत गरेका हुन । भर्खरै दिल्लीबाट फर्किएका यादवले भने,‘मुलुकमा सरकारको कारण भ्रष्टाचार र बेथिति चरम रुपमा बढेको छ । यसको विकल्प खोज्नु पर्छ ।’

उनले एमाले आफूहरुको स्थायी सत्रु एमाले नभएको बताउँदै राजनीतिमा स्थायी सत्रु र मित्र नहुने स्पष्ट पार्दै एमालेसँगको सम्बन्ध सकारात्मक रहेको बताए ।

यसले गर्दा गठबन्धन एमाले लगायतका अन्य दलसँग मिलि सरकार ढाल्ने रणनीतिमा रहेको बुझिन्छ । गठबन्धनले यसविषयमा दलहरुविच आन्तरिक छलफल चलाईरहेको समाचारशुत्रहरु बताउँछन् ।

प्रकाशित मिति: Mar 26, 2017

प्रतिक्रिया दिनुहोस्