Logo
१२ बैशाख २०८१, बुधबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदान केन्द्रमै मतगणना गर्नुपर्ने सुझाव

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले स्थानीय तहको निर्वाचनको मतगणना मतदान केन्द्रमै गर्न मिल्नेगर स्थानीय तह निर्वाचन व्यवस्थान ऐनमा भएको प्रावधानलाई संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।   उनले भने, “मतपरिणाम अन द स्पट गणना गर्दा राम्रो हुन्छ, मतपत्र बोकेर सदरमुकाम धाउने काम गर्नुहुँदैन, यस्तो भयो भने ३ घण्टाभित्रै निर्वाचनको परिणाम आउँछ ।”

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको निर्वाचनका चुनौतीहरु विषयक साक्षात्कारमा उप्रेतीले निर्वाचन सम्पन्न भएलगत्तै मतपरिणाम निर्वाचन केन्द्रमै गणना गर्नुपर्ने बताएका हुन् । विश्वका धेरै देशहरुमा स्थानीय तहको निर्वाचनको मतगणना निर्वाचन केन्द्रमै गरिने गरेको उदाहरण पेश गर्दै उनले भने, “हाम्रो देशमा पनि अब यसलाई लागु गर्नुपर्छ ।” चुनाव आउन अब जम्मा ५० दिन बाँकी रहेकोले निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्नको लागि चुनौतीका पर्खाल रहेको बताउँदै उप्रेतीले भने, “पहिलो र प्रमुख चुनौति भनेको दलीय सहमति कायम गर्नुपर्छ, निर्वाचन सबैलाई चाहिएको छ ।

यसको लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरु चुनावमा भाग लिन जरुरी छ । कुनैपनि स्थानमा निर्वाचन रोक्नुहुँदैन, तर रोक्नुहुँदैन भन्ने नाममा लोकतन्त्रमा जबर्जस्ती गर्ने कुरा पनि आउँदैन ।” उनले निर्वाचनको लागि वातावरण बनाउनको लागि दलहरु गाउँमा जानुपर्नेमा जोड दिए । उप्रेतीले थपे, “काठमाडौं र सिंहदरबारमा बसेर हुँदैन, निर्वाचनको वातावरण तय गर्नको लागि त गाउँमै जानुपर्यो नि ।”

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्