Logo
७ बैशाख २०८१, शुक्रबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमान कर्मचारीलाई चप्पलले कुट्ने सांसदलाई पाँच एयरलाइन्सले गर्यो प्रतिबन्ध

एयर इन्डिया र फेडेरेशन अफ इन्डियन एयरलाइन्स (एफआइए)ले शिवसेनाका सांसद रबिन्द्र गायकवाडमाथि विमानमा यात्रा गर्न रोक लगाएको छ । गायकवाडमाथि एयर इन्डियाका एक कर्मचारीलाई चप्पलले पिटेको आरोप छ । आफूले यसका लागि माफी नमाग्ने पनि उनले बताउँदै आएका छन् ।

सांसदले मिडियासँगको कुराकानीमा एयर इन्डियाको फ्ल्याइटमा भएको तनावलाई कम गर्नका लागि उनी फिल्म ‘बद्रीनाथ की दुल्हनीया’ हेर्न गएको बताए ।

एयर इन्डिया र एफआइएले संयुक्त विज्ञप्ती जारी गरी सो कुराको जानकारी दिएको स्रोतले बताएको छ । उक्त विज्ञप्तीमा रबिन्द्र गायकवाडमाथि विमानमा यात्रा गर्न तत्काल रोक लगाइएको बताइएको छ । स्मरण रहोस् जेट एयरवेज, गोएअर, स्पाइसजेट र इंडिगो एफआइएका सदस्य पनि छन् । अर्थात्, यो प्रतिबन्धपछि गायकवाडले एयर इन्डियासहित एफआइएका चार सदस्यको एयरलाइन्सको फ्लाइटमार्फत यात्रा गर्न पाउने छैनन् ।

गायकवाडले भने, ‘ म माफी माग्दिनँ । गल्ती उनीहरुको हो । पहिले ती व्यक्तिले नै माफी माग्नुपर्छ । माफी मागेपछि के गर्न सकिन्छ, त्यो हेर्ने हो । ४ः१५ को आजको फ्लाइट बुक गरेको छु मैले । म त्यसैमा फर्कनेछु ।’ – यदि एयर इन्डियाले जान नदिए के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘जान नदिने भन्ने पनि हुन्छ । मैले टिकट बुक गरेको छु नि । यात्रु हो नि म ।’  पीडित भन्छन्, ‘उनी शालीनतापूर्वक प्रस्तुत हुनु पर्दथ्यो’

एयर इन्डियाका कर्मचारी र पीडित सुकुमारले भने, ‘मलाई कसैको डर छैन । मैले जे गर्नुपर्दथ्यो त्यो नै गरिरहेको छु । थुप्रै मानिसहरुको यस्तो विषयमा रिसाउने गर्दछन् । मैले उनलाई (रबिन्द्र गायकवाड) लाई विमानबाट उत्रिनका लागि अनुरोध गरेको थिएँ, ता कि सफा गर्ने व्यक्तिले आफ्नो काम गर्न सकून् । उनी जनताका सेवक हुन् । उनलाई जनताले चुनेका हुन् । उनले शालीनतासँग प्रस्तुत हुनुपर्दथ्यो ।’

महाराष्ट्रको उस्मानबादबाट सांसद बनेका रबिन्द्र गायकवाडमाथि एयर इन्डियाका करिब ६० वर्षका ड्युटी म्यानेजरमाथि कुटपिट गरेको आरोप लागेको छ । हमलामा म्यानेजरको चस्मा टुटेको र कपडा च्यातिएको बताइएको छ । घटना बुधबारको हो । एयर इन्डियाका अनुसार गायकवाडले बिजनेस क्लासको ओपन टिकट बुक गराएका थिए । यसले उनी कुनै पनि दिन यात्रा गर्न सक्दथे । तर उनी बिहिबार ७ः३५ बजे पुणे– दिल्ली आउने फ्लाइट ९ब्क्ष्डछद्द० मा बस्न पुगे जबकी उक्त फ्लाइट पूर्ण रुपमा इकोनोमी क्लास हो ।

सांसद आफैंले मिडियासँग कुटपिटको कुरा स्विकारे । भने, ‘मैले एक कर्मचारीलाई २५ पटक चप्पलले हिर्काएँ । उनले ममाथि अभद्र व्यवहार गरेका थिए । मैले त ती म्यानेजरलाई बाहिर फ्याँकिदिने सोच बनाएको थिएँ ।’ उक्त घटनापछि एयर इन्डियाले सांसदविरुद्ध दुईवटा एफआइआर दर्ता गराए । सांसदलाई कालो सूचीमा पनि राखे ।

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्