नयाँ भारतीय राजदूत आज आउने हल्ला मात्रै !
काठमाडौं, ११ चैत । बिभिन्न सञ्चार माध्यमहरुको श्रोतका अनुसार भन्दै आज आउने भनिएको समाचारमा सत्यता नरहेको दुतावासले जनाएको छ । नेपालका लागि नयाँ भारतीय राजदूत मन्जिवसिंह पुरी शनिबार नेपाल आउने भएका छन् ।
अघिल्ला राजदूत रन्जीत रे ले अवकास पाएपछि उनको स्थानमा पुरी आउन लागेको र उनी इन्डियन एयरलाइन्सबाट शनिबार बिहान नेपाल आइपुग्ने भारतीय कार्यवाहक राजदूत विनयकुमारले बताए । उनले भने,उहाँ बिहान एयर इण्डियाको २१३ कल साइन फल्याटमा आउनु हुने छ, ‘आज आउने हल्ला मात्र हो, भोली बिहान आउने निश्चित हो ।’