Logo
१५ चैत्र २०८०, बिहीबार
(March 24, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक विवरण बुझाउन नमान्ने म्यानपवरलाई खारेज गरे हुदैन ?

काठमाडौं, ११ चैत्र । श्रम तथा रोजगार मन्त्रालयले आर्थिक विवरण बुझाउन दिएको निर्देशन अधिकांश मेनपावर सञ्चालकले मानेका छैन् ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भन्दै मन्त्रालयले चैत १ गते एक साताभित्र आर्थिक विवरण उपलब्ध गराउन मेनपावर सञ्चालकलाई पत्राचार गरेको थियो । उक्त निर्देशन पालना भएन । उल्टै मेनपावर संचालक नेताहरुको दौलो गुहार्न पुगे ।

स्रोतका अनुसार यसैसाता मेनपावर संचालकले कांग्रेस नेता एवं श्रममन्त्री सूर्यमान गुरुङको निवासमा पुगी विवरण माग्ने विभागको निर्देशन हटाउन भनेका थिए तर गुरुङले मानेका थिएन ।

म्यानपावर संचालकले विभागको निर्देशन अटेरी गरेपछि विभागले पुन १५ दिनको समयावधि थप गरेको छ । तर पनि   एक दर्जन भन्दा बढि म्यानपावरले विवरण बुझाएका छैनन् । यसले सरकारी निर्देशनको उपहास गरेको प्रष्ट बुझिन्छ ।

सरकारले निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन अवस्था लगायत मेनपावरको आर्थिक गतिविधि प्रस्ट होस् भनेर आर्थिक विवरण माग गरेपनि सरकारको निर्देशन  म्यानपावर व्यवसायीले नमानेको खबर प्रति समाजिक संजालमा केही युवाहरुले खरो टिप्पणी गरेका छन् ।

टिविट्रमा रमेश नाम बताउने एक व्यक्तीले,‘आर्थिक विवरण बुझाउन नमान्ने म्यानपवरलाई खारेज गरे हुदैन ?’ भन्दै पोष्ट गरेका छन् ।

त्यस्तै अर्का जय भद्रे नाम राखेका व्यक्तिले टिविट् गदैं आर्थिक विवरण नदिएको प्रति खरो टिप्पणी गदैं म्यापावर लूटकै लागी हो भने किन राज्य चुप बसेको ? कतै राज्य पनि मानवतस्करको पछि लागेको त होइन ? भन्दै चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: Mar 24, 2017

प्रतिक्रिया दिनुहोस्