Logo
६ बैशाख २०८१, बिहीबार
(March 21, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

खडकाको भनाईः देउवा र पौडेलको मलाई थाहाछैन्, मेरो एजेण्डा हिन्दुराष्ट्र

काठमाण्डौ , चैत ८ । नेपाली कांग्रेसका प्रभावशाली एबं शक्तीशाली नेता खुमबहादुर खड्का सधै चर्चामा रहने नाम हो । कांग्रेस भित्र डरलाग्दो पकड भएका प्रभावशाली नेता खड्का पछिल्लो समय स्वास्थ्यका कारण आराम गरिरहेका छन् ।

आरामका बाबजुत पनि कार्यकर्ता एबं नेताहरुसगँ भेटघाट नरोक्ने खड्का हिन्दुबादीहरु बिच निकै लोकप्रिय मानिन्छन् । आजकल सानेपा निवासमा हिन्दुबादीहरुहरुको भिडभाड निकै बढेको छ ।

आफ्नो प्रमुख एजेन्डा नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग कायम रहेको बताउँदै,कांग्रेस भित्र शभापति शेरबहादुर देउवा जी र नेता रामचन्द्र पौडेल जीले के गर्छन मलाई थाहाछैन्, म हिन्दु राष्ट्रबाट दाँया वाँया हुन सक्दैन भन्नु भएको छ ।

आफु पदको लोभी पनि नभएको बताउनु भएको छ । पोल्टीक्समा एउटा एजेन्डा हुन्छ अर्को आन्तरिक सहमती हुन्छ ,त्यो मैले पालना गरेको छु । अरु देउवा जीको कुरा हो । कसैसगँ भागबण्डाको कुरो मिलेन भनेर लड्न जाने हो र ? म त बिपीसगँ काम गरे ।

लोकतन्त्रका लागि लडे । ८,९ बर्ष जेल बसें केका लागि । पदको लागि झगडा गर्नको लागि । रस्साकस्सीका लागि । त्यो होइन । त्यसैले मुलुकभरका हिन्दुवादीहरुलाई फेरि पनि आग्रह गर्छु हिन्दु राष्ट्र हाम्रो पिहचान हो,लोकतन्त्र बिना मुलुक समृद्धी हुन सक्दैन् । हिन्दु राष्ट्र कायम गराउन तयार रहन आग्रह गर्दछु ।

उँहाले स्थानिय चुनाव पछि आफू मेची महाकाली यात्रा गर्ने तयारी रहेको पनि बताउनु भएको छ । उहाँले आफ्नो स्वास्थ्यमा निकै सुधार भएको बताउनु भएको छ। हिन्दु राष्ट्र मेरो प्रमुख एजेन्डा हो । चुनावमा कांग्रेसलाई जिताउ ।

शेरबहादुर जीको घमण्डले पाटी कमजोर भयो । रामचन्द्र जी आफ्नै समुह समाल्न सक्नु भएन् । म मेरो प्रमुख एजेन्डामा सम्झौता गर्न सक्दिन अहिले कांग्रेस भित्रको अवस्था यहि हो ।

त्यसो त उँहाले स्थानिय तहको निर्वाचनमा देशको निकास र विकासको लागि पनि देशै भर कांग्रेसलाई विजयी गराउन अनुरोध गर्नुभएको छ । चुनाव भयो भने आफू गृह जिल्ला दाङ जाने बताउनुभयो ।

नेता खड्काले पार्टी नेतृत्वतहमा रहेका नेताहरुको घमण्ड र अहम्ले गर्दा पार्टी दिनप्रतिदिन कमजोर हुँदै गएको बताउनुभएको छ । पार्टी मजबुत र जागरूक बनाउन सबै समुहसंग सहयोग लिदै अगाडि बढ्नुपर्ने उँहाको धारणा रहेको छ ।

यसैबिच खड्का र पौडेलको गोप्य वार्ता पनि भएको छ । केहि दिन अगाडि उँहाहरु बिच एक घण्टा वार्ता भएको थियो । वार्तामा के भयो दुवै नेता बोल्न चाहेका छैनन् ।

प्रकाशित मिति: Mar 21, 2017

प्रतिक्रिया दिनुहोस्