Logo
१३ बैशाख २०८१, बिहीबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चुनाव भाँड्न महतो नेतृत्वको सदभावनाले महाअधिवेशन सार्यो

काठमाण्डौ, चैत्र ७। सदभावना पार्टीको राष्ट्रीय कार्य सम्पादन समितिको बैठकले सरकारद्वारा घोषित स्थानिय चुनाव भाँड्न पार्टीको घोषित महाधिवेशन सारेको छ । समसमायिक राजनितीक र सदभावना पार्टीको आसन्न छैठौं महाअधिवेसलाई लिएर बोलाईएको संसदिय समिती र सबै जिल्ला अध्यक्ष सम्मिलित चैत्र ५ र ६ गते पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा काठमाण्डौमा भएको राष्ट्रीय कार्य सम्पादन समितिको बैठकले सरकारद्वारा घोषित स्थानिय चुनाव भाँड्न जेष्ठ १, २ र ३ गते घोषित पार्टीको छैठौं महाधिवेशन सारेको बताइएको छ ।

प्रेश बिज्ञप्तीमा निर्णय यस प्रकार छ:

राजनैतिक निर्णय :
१. देशको राजनीतिक अवस्था अत्यन्तै गम्भिर मोडमा आईपुगेको छ । केही राजनीतिक दलहरुले संविधानसभाको बेवास्ता गर्दै गैरलोकतान्त्रिक, गैरसंवैधानिक १६ बुँदे समझदारी गरी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधका बावजुद मधेशी–थारु, जनजाति, दलित, मुस्लिम विरोधी संविधान बनाए । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा त्यसपछि निरन्तर आन्दोलनरत रहेको छ । तर संविधान निर्माण प्रक्रियाबाट अलग राखिएका मोर्चा एवं अधिकारविहिन बनाईएका मधेशी–थारु, जनजाति, दलित, मुस्लिम समुदायलाई मुलधारमा समेटने प्रयास अझसम्म पनि सत्तासित बर्गले गरेको छैन ।

बरु उल्टै अझ किनारातिर धकेल्ने, नेकपा एमाले जस्ता पार्टीले त कुनै पनि शर्तमा संविधान संसोधन गर्न नदिने, मधेशी लगायतका जनतालाई गुलाम बनाई राख्न नियतले गतिविधि गर्ने मात्र होईन, मधेशको आवाज दबाउने, डराउने, धमक्याउने नियतले मधेश विरुद्ध युद्धको घोष्णा गरे झै मेची–महाकाली अभियानको नाममा सत्ताको मिलोमतोमा निर्दोष मधेशी जनताको नरसंहार निर्मम हत्या एवं दमन गरे । सप्तरी र बाँके जिल्लाका ६ जना सम्मले सहादत दिनुपरयो तथा मधेशका जिल्लाहरुमा सयौ गम्भिर घाईते भएका छन् । ती महान वीर शहिदहरुका उच्च समान गर्दै हार्दिक श्रद्धाञ्जली यो वैठकले व्यक्त गर्दछ । यो वैठकले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

२. सद्भावना पार्टी सम्मिलित संयूक्त लोकतान्त्रिक मधेशी मोर्चा संविधान संशोधन सहितको माँग राखी विगत लामो समयदेखी आन्दोलनरत रहेको छ । संविधान संशोधन गरी संविधान प्रति मधेशी–थारु, जनजाति, आदिवासी, मुस्लिम, दलित, अल्पसंख्यक लगायतको समुदायका अपनत्व संविधानप्रति होस एवं उत्पीडित समुदायका अधिकार, पहिचान एवं सम्मान हुने गरी संविधान संशोधन अत्यन्त आवश्यक छ । परिमार्जन सहितको संविधान संशोधन विद्येयक पारित गराउनका निम्ति सद्भावना पार्टी सहितको संयुतm लोकतान्त्रिक मधेशी मोर्चा आन्दोलनरत रहेको छ र विद्येयक पारित भई संविधान संसोधन नहुनजेलसम्म आन्दोलनरत रहने छ ।

प्रादेशिक सिमांकन संसोधन सहितको नागरिकता, भाषा, जनसंख्याको आधारमा प्रतिनिधित्व लगायतको विषयहरु संविधानमा नसमेटिए सम्म संविधान कार्यान्वयन हुने कुनै पनि सम्भावना छैन । तर संविधान कार्यान्वयनको नाममा सरकार एकपक्षिय रुपमा स्थानिय तहको निर्वाचनको घोषणा गरेको छ । मधेशी–थारु, जनजाति, दलित, मुस्लिमलाई बहिष्करणमा पारी मधेश एवं देशमा कुनै पनि निर्वाचन सम्भव छैन । त्यस्तो निर्वाचनलाई मधेशी लगायतको जनताले ससक्त वहिष्कार एवं प्रतिकार गर्ने छ । मधेशलाई इन्कार गरी सरकारले निर्वाचन गर्ने भूल नगर्न यो वैठकले चेतावनी दिन चाहन्छ ।

अतः यो वैठकले निर्वाचनको मिति फिर्ता लिई अविलम्ब परिमार्जन सहितको विद्येयक पारित गरी संविधान सर्वस्वीकार्य बनाई निर्वाचनको वातावरण बनाउन सरकारसंग यो वैठकले पुनः आग्रह गर्दछ ।

३. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वहिष्कार गरी रहदा पनि एकपक्षिय रुपमा स्थानीय तहको निर्वाचन हेतु त्रुटीपुर्ण अवैज्ञानिक तवरले स्थानीय तहको पुर्नसंरचना गरिएको छ । स्थानीय तहको संख्यामा समेत जनसंख्याको दृष्टिकोणले व्यापक असमानता रहेको छ । संविधान संसोधन बेगर स्वीकार गरिएको यस्तो त्रुटिपूर्ण संरचना सद्भावना पार्टीलाई मान्य छैन । अतः स्थानीय तहको गतिविधी एवं कार्यलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले असहयोग गर्ने निर्णय गरेको छ । उक्त असहयोग आन्दोलन अझ सशक्त रुपमा गर्न पार्टी पंक्तिलाई यो वैठकले निर्देशन दिईएको छ । त्रुटिपुर्ण नयाँ संरचना अमान्य रहेकोले पार्टीको सांगठनिक संरचना एवं आसन्न स्थानीय अधिवेशन पनि पुरानै संरचना अनुरुप रहने यो वैठकले निर्णय गरेको छ ।

सांगठनिक निर्णय :

४. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा घोषणा गरिएको आन्दोलनको कार्यक्रम एवं भावी संघर्षलाई मध्य नजरगर्दै पार्टीले निर्धारित गरेको जेष्ठ १, २ र ३ गतेको छैठौ महाधिवेशनलाई अर्को निर्णय नहुनजेल सम्म स्थगित गरिएको छ । तर महाधिवेशनसंग सम्बन्धित बाँकी कार्यक्रम निम्न अनुसार तय गरिएको छ ।

क. २०७३ चैत्र २० गतेसम्म सक्रिय सदस्यको निम्ति आवेदन दिने समयसीमा निर्धारण गरिएको छ ।
ख. चैत्र २४ गते देखी ३१ गतेसम्म गा.वि.स एवं नगरवार्ड अधिवेशन तय गरिएको छ ।
ग. २०७४ वैशाख २ गते देखी ४ गते सम्म नगर अधिवेशन तय गरिएको छ ।
घ. वैशाख ५ गते देखी ९ सम्म क्षेत्रिय अधिवेशन सम्पन्न गर्नुपर्ने समयसीमा निर्धारण गरिएको छ ।

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्