Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रिन्सिपलले दिए पत्रकार सिंहलाई ज्यानमार्ने धम्की

लहान, ७ चैत ।  सिरहा स्थित पत्रकार दिलीप सिंहलाई लहान स्थित निजी विद्यालयका एक प्रिन्सिपलले ज्यानमार्ने धम्की दिएका छन् । नया पत्रिका दैनिकका सिराहा संवाददता समेत रहेका सिंहलाई लहान स्थित सिता नोबेल न्युज सेन्टर भित्र कम्प्युटरमा सामाचार लेखिरहेको अवस्थामा देब आइडियल इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल मुरारी साहले सामाचारको विषयलाई लिएर आइतवार साझ ज्यान मार्ने धम्की दिएका हुन् ।

माध्यमिक शिक्षा परीक्षा अन्तर्गत लहान स्थित पडरिया थारु टोल केन्द्रमा आइतवार भएको गणित विषयको परीक्षामा सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी सोमराज भट्टराई, प्रहरी उपरीक्षक शेखर कोइराला सहितको अनुगमन टोलीले नक्कली निरीक्षक पक्राउ गरेको सामाचार नया पत्रिका सोमबार प्रकाशित भएको थियो । उक्त सामाचारको विषयलाई लिएर प्रिन्सीपल साहले धम्की दिएको नया पत्रिकाकर्मी दिलीप सिंहले बताए ।

उनका अनुसार मुरारी साहले नक्कली निरीक्षक पक्राउ बारे सामाचार किन पत्रिकामा प्रकाशन गरेको भन्दै ज्यान मार्ने धम्की दिएको हो । पत्रकार सिंहले भने –‘म सामाचार लेखिरहेको थिए । सो ठाउमा आएर समााचार किन लेखेको भनि उफ्रिदै कुटपिट गरी काटेर टुक्रा टुक्रा पारि दिने भन्दै धम्क्यायो ।’

प्रिन्सिपल साहले सामाचार लेख्ने ठाउबाट अहिले नै बाहिर आऊ यही ठाउमा मारिदिने भन्दै धम्की दिएका थिए । साहले पत्रकार सिंहले धम्की दिएको अडियो रेकर्ड सुरक्षित छ ।

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्