Logo
१३ बैशाख २०८१, बिहीबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लखपती युपीका नयाँ मुख्यमन्त्रीलाई हतियार र गाडीको शौक

उत्तर प्रदेशमा अत्यधिक बहुमतपछि मुख्यमन्त्रीको पदमा आसिन हुन सफल आदित्यनाथ योगीले आइतबार पद तथा गोपनियताको शपथ लिए । आदित्यनाथको पहिचान फायरब्रान्ड नेताको रुपमा स्थापित छ ।

गोरखनाथ मन्दिरमा महन्त अवैद्यनाथले उनलाई आफ्ना अत्तराधिकारी घोषणा गरेका थिए, जसपछि उनी राजनीतिमा प्रवेश भए ।

सन् २०१४ मा गोरखनाथ मन्दिरका महन्त अवैद्यनाथको मृत्युपछि उनी त्यहाँका महंत अर्थात पिठाधीश्वर छानिए । योगी आदित्यनाथ भाजपाका सांसद भएपछि हिन्दु युवा वाहिनीका संस्थापक पनि हुन् ।

यस्ता छन् उनका विशेष कुराः

– योगी आदित्यनाथले मात्र २६ को उमेरमा पहिलो लोकसभा चुनाव लडेका थिए ।

– उनले गोरखपुरबाट चुनाव लडे र जित पनि हाँसिल गरे ।

– १२ औं लोकसभामा चुनिने उनी सबैभन्दा कम उमेरका एमपी थिए ।

– त्यसपछि सन् १९९९, २००४, २००९ र २०१४ मा उनी गोरखपुरका सांसद चुनिए ।

थाहा पाउनुहोस् आदित्यनाथबारे रोचक कुराः

कारका सौखिनः

योगी आदित्यनाथ अविवाहित हुन् । उनको सम्पत्तिको कुरा गर्नुपर्दा उनको आफ्नो घर र जमिन छैन तर उनलाई विभिन्न कार राख्ने सौख छ । सन् २००४ मा योगीसँग एक क्वालिस, एक टाटा सफारी र एक मारुती एस्टीम कार थियो । सन् २००९ मा उनले आफ्नो कार परिवर्तन गरे । उनले एस्टीम र क्वालिसलाई हटाएर आफ्नो ग्यारेजमा नयाँ सफारी र फोर्ड आइकनलाई भित्र्याए ।

७२ लाखको सम्पत्तिः

योगी आदित्यनाथले सन् २०१४ को लोकसभा चुनावको क्रममा आफूसँग ७२ लाख भारुको सम्पत्ति भएको घोषणा गरेका थिए । यसमा तीन लाखको टाटा सफारी, २१ लाखको टोयोटा फच्र्यूनर र १२ लाखको इनोवा समावेश थिए । अचम्मको कुरा के छ भने २० वर्षको राजनीतिक यात्रामा उनी अहिलेसम्म करोडपतीको सूचीमा समावेश भएका छैनन् ।

हतियारको शौखः

योगी आदित्यनाथलाई हतियार राख्ने शौख छ । सन् २००४ मा उनीसँग मात्र ३० हजार रुपैयाँको हतियार थियो । सन् २००९ मा उनले पुराना हतियारलाई हटाएर १ लाख ८० हजारको नयाँ बन्दुक र राइफल खरिद गरे । सन् २००४ मा योगीसँग कुल ९ लाख ६० हजार भारुको सम्पत्ति थियो । त्यतिबेला उनीसँग १० हजार भारुको बन्दुक र २० हजार भारुको राइफल थियो ।

४५ हजारको सुनका गहनाः

सन् २००४ मा उनीसँग एउटा औंठी पनि थिएन । सन् २०१४ मा उनीसँग ४५ हजार भारुको सुनका गहना छन् । योगी अष्ट धातुको कुन्डल र सुनको गहना लगाउन मनपर्छ । एजेन्सी

प्रकाशित मिति: Mar 20, 2017

प्रतिक्रिया दिनुहोस्