Logo
११ बैशाख २०८१, मंगलबार
(March 20, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दीपक र देबि घर्तीको ‘आज पागल हुने गरायौ’ छिट्टै बजारमा आउने

काठमाडौँ । बाग्लुङ जिल्लामा जन्म लिइ बिगत ४ बर्स देखि पर्देसी भुमी मलेशिया लाई कर्म थलो गराउदै आउनु भएका नब गायक दीपक छेत्रीको आज भोलि एक पछि अर्को गर्दै बजारमा गितहरु आउन थालेका छन ।

यस्तै क्रममा गल्ती भयो कि भन्ने गीतबाट आफ्नो लोक छेत्रमा प्रवेश गरेका गायकले अहिले फेरि आफ्नो वास्तविक पीडा ‘मन त होइन म प्रदेश जान’ र माया प्रेमका जोडिहरुलाई झटारो हान्ने खालको ‘आज पागल हुने गरायौ’ भन्ने गीत बजारमा ल्याउने तयारी गर्नु भएको छ।

उहाँको पहिलो एल्बम गल्ती भयो कि भन्ने गितमा नब गायिका उषा केसि , र स्वएम दीपक छेत्रीको आवाजमा आएको थियो ।

गितमा शब्द कोर्नु भएको थियो अचुत राज रेग्मीले भने त्यस गितमा लोक गाएक अनि आफैमा निर्देशक दुर्गा बिरही र अर्पण लामाको जमदार अभिनय थियो ।

र यहि गित मार्फत हौसला बडेको बताउनु हुन्छ नब गायक दिपक छेत्रीले । त्यस पछि लगत्तै लाखौ पर्देसीको बेदना लाई एउटा गित बनाइ मन त होइन म पर्देस जान भन्ने गित ल्याउने तयारीमा हुनुन्छ ।

जुन गितमा आवाज स्वएम दिपक छेत्री र माया गुरुङ दुबै जनाले दिनु भएको छ जुन गितले हजारौ दर्सकको आँखा नरसाउला भन्न सकिँदैन, र शब्द कोर्नु भएको छ अचुत राज रेग्मीले र माया गुरुङको प्रस्तुति रहने छ ।

र यस्तै कोहि पर्देसीको त कोहि माया प्रेर्मी जोडिको भावनालाई गित बनाइ गाउने गायक आज भोलि बिछोडको पीडामा तड्पाउनेहरुको लागि एउटा झटारो हान्दै हुनुहुन्छ ।

जुन गित आज पागल हुने गरायौ दिपक छेत्रीको आवाजमा मलेशियामा रेकर्ड भएको छ भने चर्चित गायिका देबि घर्ती मगरको आवाजमा नेपालमा रेकर्ड भएको छ ।

यस गितमा मीठो लय भर्नु भएको छ उषा केसिले भने शब्द अचुत राज रेग्मीले लेख्नु भएको छ र कडा मेहेनत दिन रात नभनी नब गायकलाई लोक गायक दुर्गा बिरहीले साथ दिनु भएको छ ।

यो गित बजारमा दीपक छेत्री र केसि कुसुमको सयुक्त पस्तुतीमा छिट्तै आउदैछ, यसको भिडियो मलेशियाको विभिन्न सहरमा छायाँकन हुँदै छ र स्वएम उहाँहरु एस गितमा अभिनय गर्दै हुनुन्छ।

हेरौ उहाँको गितहरुले कत्तीको बजार पाउँछन् त? आसा छ मेहेनतको फल अबश्य मीठो हुन्छ र एक दिन पाइन्छ भन्नू हुन्छ नब गायक दीपक छेत्री ।

प्रकाशित मिति: Mar 17, 2017

प्रतिक्रिया दिनुहोस्