Logo
७ बैशाख २०८१, शुक्रबार
(March 16, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समर्थन फिर्तालाई अनुमोदन गर्दै गठबन्धनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

काठमाडौ, चैत ३ । संघीय गठबन्धनमा आवद्ध दलहरुले सरकारबाट समर्थन फिर्ता लिएको लिखित जानकारी गराएपछि आजै सो गठबन्धनको बैठक बसि त्यसलाई अनुमोदन गरेको छ ।

गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले चैत ३ गतेदेखि चैत १४ गतेसम्मका लागि विभिन्न कार्यक्रमहरु तय गरेको छ । आजै प्रधानमन्त्री प्रचण्डले बोलाएको वार्तामा के के विषयमा कुरा गर्ने विषयमा छलफल भएको बताइएको छ ।

यस्तो छ, आन्दोलनका कार्यक्रमहरु :

 चैत ३ गते संसदमा प्रतिनिधित्व गर्ने संघीय गठबन्धनसँग आबद्व दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता ।

 चैत ४ गतेदेखि जनअवज्ञा तथा असहयोग आन्दोलन ।

 चैत १२ गते स्थानीय तहको निर्वाचन प्रादेशिक क्षेत्राधिकारभित्र किन ? भन्ने शीर्षकमा जिल्ला सदरमुकाम र प्रमुख बजारहरूमा सार्वजनिक सुनुवाई ।

 चैत १३ गते देशव्यापी सबै जिल्ला सदरमुकामहरूमा श्रद्धाञ्जली सभा । काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन ।

 चैत १४ जिल्ला सदरमुकामहरूमा विशेष संरचना (स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्र) बिनाको स्थानीय तहको प्रतिवेदन जलाउने ।

विभिन्न शहरहरूमा जनप्रदर्शन र विरोध सभाहरू :

 चैत १५ गते धनगढी, कैलाली, आयोजक – थरूहट तराई पार्टी र थरूहट संयुक्त संघर्ष समिति

 चैत १६ गते कैलालीको अत्तरिया, आयोजक – खसान राष्ट्रिय संघर्ष समिति र थरूहट संयुक्त संघर्ष समिति ।

 चैत १७ गते पोखरा, आयोजक – तमुवान संघर्ष समिति ।

 चैत १८ गते उदयपुर, आयोजक – किरात संघर्ष समिति ।

 चैत १९ गते दमक, आयोजक– संघीय लिम्बुवान राष्ट्रिय मञ्च र लिम्बुवान संयुक्त संघर्ष समिति

 चैत २० गते हेटौडा, आयोजक – तामाङसालिङ संघर्ष समिति, आ.ज.पा, नेपाल

 चैत २१ काठमाडौं, आयोजक – नेवा स्वायत्त राज्य संयुक्त संघर्ष समिति, नेपाः राष्ट्रिय पार्टी र ताम्सालिङ संयुक्त संघर्ष समिति ।

प्रकाशित मिति: Mar 16, 2017

प्रतिक्रिया दिनुहोस्