Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 15, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले अध्यक्ष ओली टीकापुरको कार्यक्रममा सहभागि नहुने

टीकापुर, २ चैत्र । नेकपा एमालेको मेची–महाकाली अभियान आज दिउँसो कैलालीको टिकापुरमा पुग्दै छ । अभियान टोली टीकापुर पुगेसँगै आज एमालेले बृहत आमसभा गर्ने तयारी गरेको छ । यद्यपी एमाले अध्यक्ष केपी ओली भने सो आमसभामा सहभागी हुने छैनन् । एमाले प्रचारविभाग सचिव विष्णु रिजालले राजनीतिक व्यस्तताका कारण ओली टिकापुरको कार्यक्रममा सहभागि नहुने बताए ।

यता एमालेको मेची–महाकाली अभियानलाई अवरोध गर्ने उद्देश्यले थरुहट तराई पार्टीले कैलाली बन्द गरेको छ । पार्टीका जिल्ला उपाध्यक्ष परदेशी चौधरीले एमाले थारु र मधेस विरोधी पार्टी भएकाले उसलाई राक्ने उद्देश्यले बन्द आह्वान गरिएको बताए । सभालाई नेताहरु माधव नेपाल झलनाथ खनाललगायतले सम्बोधन गर्नेछ । तर टीकापुरका स्थानीय एमाले नेता कार्यकर्ताले भने ओली कार्यक्रममा सहभागि हुने भन्दै प्रचार गर्दै हिँडेका छन् ।

प्रकाशित मिति: Mar 15, 2017

प्रतिक्रिया दिनुहोस्