Logo
८ बैशाख २०८१, शनिबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा राजनीतिक उथलपुथलवीच दिल्ली प्रस्थान गर्दै गृमहन्त्री

काठमाडौं, ३० फागुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीनदिने भारत भ्रमणका लागि आज भारत जनुहुने भएको छ । भारतिज जनता पार्टीका महासचिव समेत रहेका राम माधव नेतृत्वको इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

भारतमा निधिले धारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपाका अध्यक्ष अमित शाह, सोनिया गान्धी, राहुल गान्धीलगायतसँग भेट गर्नुहुने खबर छ । निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाको बारेमा भारतीय नेताहरुसँग कुराकानी गर्नुहुने उहाँका प्रस संयोजक रामजी दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्