Logo
११ बैशाख २०८१, मंगलबार
(March 13, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवालाई महन्थ ठाकुरले भने, ‘समर्थन जारी रहन्छ’

कामाण्डौ, फागुन २९   । सरकारलाई सात दिनको अल्टिमेटम दिएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । छलफलमा सभापति देउवाले सरकारबाट समर्थन फिर्ता लिने निर्णय स्थगित गर्न आग्रह गरेका छन् ।

सरकारले सविधान संशोधन विधेयक पारित गराउनका लागि प्रयत्नशिल रहेकाले सरकारलाई समर्थन कायम राखी चुनावमा भाग लिन आग्रह देउवाले गरेका छन् । देउवाले भने, ‘सविधान संशोधनका लागि दुई तिहाई बहुमत पुर्याउने कार्यमा हामी लागेका छौं’, मोर्चालाई नआत्तिन आग्रह गर्दै देउवाले स्थानीय तहको सँख्या अझै बढाउन तयार रहेको बताए ।

तर, मोर्चालाई चुनावका लागि तयार भइ दिन आग्रह समेत गरे । जवाफमा अध्यक्ष ठाकुरले देउवालाई भने, ‘पहिला सविधान संशोधन गरेर देखाउनुस्, हाम्रो समर्थन कायम रहन्छ । अल्टिमेट दिएको आज पाँच दिन भइसक्यो तर हालसम्म केही गर्नुभएको छैन।’ , अब बाँकी दुई दिनमा नहुन सक्ने भन्दै आफूहरुलाई विश्वास नलागेको ठाकुरले बताए ।

तैपनि दुई दिनमा केही गरेर देखाउन आग्रह गर्दै यदि त्यस्तो भए आफूहरुको समर्थन जारी रहने प्रतिवद्धता जनाए । मधेशी मोर्चाले दिएको अल्टिमेटम चेत १ गते समाप्त हुँदैछ ।

प्रकाशित मिति: Mar 13, 2017

प्रतिक्रिया दिनुहोस्