Logo
१३ बैशाख २०८१, बिहीबार
(March 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुर घटनामा भारत कहाँ निर चुक्यो ?

काठमाडौं, २९ फागुन । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गरेर ठूलो देश भनेर भारतले दम्भ देखाउने काम गरिरहेको छ ।

नेपालीको स्वाभिमानमा निरन्तर हस्तक्षेप गर्दै आएको भारत यतिबेला आफ्नो गल्ती अझै स्वीकारेको देखिदैन् । यो बेला उसले तुरुन्त गल्ती मनन गरि मारिएका परिवारलाई क्षतिपुर्ति समेत दिने निर्णय गरि माफी माग्नु पर्छ ।

यहाँ नेर भारत चुकि रहेको छ । आफू बलियो छु भन्न कसैलाई मारेर महानता देखाउनु यो केही क्षणका लागी लाभदायी होला तर दीर्घकालिन रुपमा त्यो व्यवहारिक नहोला ।

भारतले यस्तो दम्भ र घमण्ड तोड्नुपर्छ । अन्तर्राष्ट्रिय कानुन अनुरुप एक स्वतन्त्र राष्ट्रका नागरिकलाई अर्को देशका सुरक्षाबलले विना कारण मार्नु गम्भिर जघन्य अपराध हो । अर्को देशमा सिमानामा जवरजस्त पस्न कुन आधारले भारत पर्यो यसको नेपालबाट लेखाजोखा हुन जरुरी छ ।

यो अन्तर्राष्ट्रिय कानुन विपरित हो । देशको थिचोमिचो विरुद्ध खाली हात उभिएका गोविन्द गौतम सहिद भएका छन् राज्य यसमा टुलुटुलु हेर्ने काम गर्नूहुन्न । भारत चुकेका प्वाईन्टमा नेपाल सरकारले घचघचाई रहनुपर्छ ।

सरकारले केन्द्रिय तहमा वार्ता गरेर क्षतिपुर्ति भराई भारतलाई माफ माग्न लगाउनैपर्छ होइन भने यस्ता घटना दोहोरिनेक्रम रोकिनेछैन । अनाथमा अरुले पनि ज्यान गुमाउनुपर्ने देखिन्छ । विजय ‘नेपाल’

प्रकाशित मिति: Mar 12, 2017

प्रतिक्रिया दिनुहोस्