Logo
११ बैशाख २०८१, मंगलबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सप्तरी गोलीकाण्ड’मा मारिएकाहरुको शवयात्रामा उपेन्द्रको हाँसोवाला फोटो भाइरल !

काठमाण्डौ ।  अन्नपुर्ण पोष्टले सघिंय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शव यात्रामा हास्दै गरेको फोटो सार्वजनिक गरेको छ ।

सप्तरी गोली काण्डमा मृत्यु भएका पाँच सहिदको शवयात्रा भइरहदा यादव हासेको फोटो अन्नपुर्णले सार्वजनिक गर्दे समाचारको नाकारात्मक भागलाई मात्र प्रस्तूत गरेको हो । फोटोबारे प्रतिकृया दिदै यादवले न्यूज अप्रेशनसंग भने ‘एमालेका पत्रकारले के के लेख्दै हिड्छन त्यसको कुनै प्रतिकृया दिनुको अर्थ हुदैन ।’

उनले भने ‘यी दलिय पत्रकारहरुलाई मधेशको मात्र नाकारात्मक कुरालाई समाचार बनाउन मजा आउछ ।’ यता अन्नपुर्ण पोष्टको उक्त समाचारमा भनिएको छ, शनिबार राजविराजमा भएको छ । शवयात्रामा मधेसवादी दलका शीर्ष नेता सहभागी भएका छन्।

शवयात्रामा सहभागी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवभने हाँसिरहेको देख्न सकिन्छ । मृतकको शोकमा निकालिएको शोक र्यालीमा मधेसवादी दलका नेताको अनुहारमा हासो देखिएपनि अन्य सहभागी भने सबै पीडामा देखिन्थे ।

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्