Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 12, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमाले जस्तै अब नयाँ शक्तिले ‘राष्ट्रिय अभियान’ सञ्चालन गर्ने

काठमाडौं, २९ फागुन । नेकपा एमाले पार्टी जस्तै नयाँ शक्ति पार्टी, नेपालले आगामी चैत महिनामा ‘हिमाल–पहाड–तराईरमधेस राष्ट्रिय अभियान’ सञ्चालन गर्ने भएको छ । सप्तरी घटनापछि एमालेले उक्त कार्यक्रम स्थगित गरि अर्कौ स्वरुप अनुसार गरेतापनि नया शक्तिको यो कार्यक्रमको मधेशमा के अवस्था हुने छ त्यसको भने कुनै प्रतिकृया आएको छैन ।

नयाँ शत्तिले जनाए अनुसार फागुन २६ गते संयोजक डा। बाबुराम भट्टराईको विशेष उपस्थितिमा बसेको नयाँ शक्ति पार्टी, नेपालको राष्ट्रिय तथा सामाजिक जन–परिचालन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
हिमाल, पहाड र तराईरमधेशलाई भावनात्मक रुपमा जोड्न र असन्तुष्ट पक्षहरुलाई सहमतिमा ल्याइ संविधान संशोधनमार्फत तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी निर्वाचनको वातावरण बनाउन दवाव दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

अभियानको पहिलो चरणमा चैत १–७ सम्म आन्तरिक तयारी गर्ने निर्णय भएको छ । दोस्रो चरणमा चैत ९–१२ सम्म देशव्यापी रुपमा ७ ठाउँमा सभा गर्ने निर्णय भएको छ । नयाँ शक्तिले चैत ९ गते दिउँसो १२ बजे इनरुवामा र दिउँसो ४ बजे लाहानमा सभा गर्नेछ । त्यस्तै चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा र दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा गर्नेछ । चैत ११ गते दिउँसो १२ बजे भैरहवामा सभा हुनेछ । त्यस्तै चैत १२ गते विहान ९ बजे कोहलपुरमा र दिउँसो २ बजे धनगढीमा समा हुनेछ ।

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्