Logo
८ बैशाख २०८१, शनिबार
(March 11, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँपालिका र नगरपालिकामा तत्काल ४५०० कर्मचारी आवश्यक

काठमाडौं, २८ फागुन । गाउँपालिका र नगरपालिकाका लागि तत्काल चार हजार पाँच सय ९० कर्मचारी आवश्यक पर्ने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

गाउँपालिकमा एक कार्यकारी अधिकृतसहित नौ कर्मचारी रहने व्यवस्था छ । मुलुकभर चार सय ८१ गाउँपालिका गठन भएका छन् ।

सवै गाउँपालिकामा गरी तत्काल चार हजार तीन सय २९ कर्मचारी आवश्यक पर्ने मन्त्रालयको विवरण छ । नगरपालिका संख्या दुई सय ४६ छ ।

प्रत्येक नगरपालिकामा कार्यकारी अधिकृतसहित नौ कर्मचारी अवश्यक पर्नेछ । नयाँ नगरपालिकका लागि मात्रै तत्काल दुई सय ६१ कर्मचारी अवश्यक पर्ने स्थानीय विकास मन्त्रायले जनाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: Mar 11, 2017

प्रतिक्रिया दिनुहोस्