Logo
८ बैशाख २०८१, शनिबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पहिला सविंधान संशोधन अनिमात्र निर्वाचन: राजेन्द्र महतो

विराटनगर , २७ फागुन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चाले उठाएको मागलाई सम्बोधन नगरी जबर्जस्ती चुनाव गराए बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

महतोले जनसंख्याको आधारमा स्थानीय तहको संख्या नथपिएसम्म कुनैपनि निर्वाचन आफूहरुलाई मान्य नहुने वताए । तराईका जिल्लामा स्थानीय तहको संख्या थप्दैमा यसले अहिलेको अवस्थामा समस्या समाधान नहुने उनको भनाइ थियो ।

सप्तरीको राजविराज जाने क्रममा आज बिराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै महतोले भने, ‘यथास्थितिमा चुनाव भए सहभागी हुन्नौं, जबर्जस्ती चुनाव भए जसरी पनि बिथोल्छौं ।’

उनले अहिले वढाइएको स्थानीय तहको संख्याले मधेसको मागलाई सम्वोधन नगरेको उल्लेख गर्दै तराईका जिल्लामा जनसंख्याका आधारमा गाउँपालिकाको संख्या थप गर्नुपर्ने मागसमेत गरे ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्