Logo
६ बैशाख २०८१, बिहीबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कञ्चनपुर घटना : भारतले माग्यो पोस्टमार्टम रिपोर्ट

काठमाडौँ, फागुन २७   । कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोलीबाट नेपालीको मृत्यु भएको विषयमा भारतले दोस्रो पटक विज्ञप्ति जारी गरेको छ । भारतीय दूतावसले पहिलो पटक जारी गरेको विज्ञप्तिमा एसएसबीले गोली नचलाएको दाबी गरेको थियो ।

भारतले भन्यो, ‘कञ्चनपुरमा एसएसबीले गोली हानेको होइन’ तर, आज जारी गरिएको दोस्रो विज्ञपितमा भने नेपाल सरकारसँग मारिएका गोविन्द गौतमको पोस्टमार्टम र फोरेन्सिक रिपोर्ट माग गरेको छ ।

विज्ञप्ति एसएसबीले घटनाको सत्यतथ्य पत्ता लगाउन छानविन शुरु गरेको बताइएको छ । त्यस्तै नेपालको कञ्चनपुर र भारतका लखिमपुर खिरीका अधिकारीहरुले भेटेर त्यस क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने विषयमा छलफल भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्