दिपक देवको विचार : कुर्सिका निम्ती मधेशीको वली चढाइसके !
मधेशी मोर्चाका शिर्ष नेताहरु मध्येका कोही पनि अहिले सम्म सप्तरीमा शहादत प्राप्त शहीद परिवार सँग भेट्न आएका छैनन । ठमान्डौको महलमा बसेर मधेशमा भएको बितन्डामा हाम्रो हात छैन भन्दै जिम्मेबारिबाट पन्छिने, अनी मधेशमा मान्छे मरेपछी त्यही लाश माथि चढेर राजनीतिक खेती सुरु गर्ने ।

मधेशी जनता हो ! यिनले आफ्नो कुर्सिको निम्ती सवा सय मधेशी नागरिकको वली चढाइसके, अझै काठमान्डौमा बसेर सत्ताको दलाली गर्दैछन- कतिन्जेल ज्यान फाल्छौ यि अपराधीहरुको निम्ती ?
गुल्मी अर्घाखाँची पाल्पा कुन प्रदेशमा राख्ने भन्ने लडाईं लड्न सप्तरीको नागरिक छातीमा गोली थाप्दो हो? कहिले हिन्दूस्तानको स्वार्थ पुरा गर्न मधेशी जनता मार्ने !
कहिले मधेशी मोर्चाका मधेशका जमिन्दारहरुको स्वार्थमा मधेशी जनतै वली दिने, कहिले मा.के. र ने.का.को सत्ता स्वार्थको मोहरा तिनै मधेशी जनता हुनु पर्ने ।
अती भएन यो नाटक मन्चन ? #दिपक देवको फेसबूक वालबाट