Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गठबन्धनलेको बन्द: उपत्यकामा आंशिक प्रभाव, नेताहरु पक्राउ

काठमाडौं,फागुन २७  ।  बिभिन्न राजनीतिक दल तथा बिभिन्न संस्थाहरु संयूक्त मोर्चा उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले आब्हान गरेको बन्दका क्रममा ललितपुरमा अवरोध पुर्‍या उने २५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सातदोबाटो चोकमा बसेर सवारी साधन रोक्न र तोडफोड गर्ने प्रयास गरेका कारण नियन्त्रणमा लिइएको उनले बताए । उनीहरु सबै संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका कार्यकर्ता हुन् ।

२५ जना बन्दकर्तालाइ सातदोबाटोबाट प्रहरीले विहानै नियन्त्रणमा लिएको डिएसपी इश्वर कार्कीले बताए। त्यस्तै काठमाडौं प्रहरीले पनि बल्खुबाट ४ जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।

बन्द गराउँदै हिँडन ४ जना नियन्त्रणमा लिइएको एसपी प्रद्युम्नकुमार कार्कीले बताए । सप्तरी घटनाको विरोध संविधान संशोधन गर्नुपर्ने र स्थानीय निकायको चुनाव मिति स्थगित गर्नुपर्ने मागसहित मोर्चा आन्दोलनमा छ ।

बन्दको उपत्यकामा आंशिक प्रभाव परेको छ भने तराईका जिल्ला पूर्ण रुपमा बन्द भएका छन् ।

संघीय समाजवादी फोरमका सहअध्यक्ष पक्राउ

यसैबीच, संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ पक्राउ परेका छन् । संघीय गठबन्धनले आह्वान गरेको नेपाल बन्दको क्रममा प्रदर्शन गर्ने क्रममा श्रेष्ठसहित १३ जना कार्यकर्ता रत्नपार्कबाट पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी छविलाल जोशीले श्रेष्ठ पक्राउ परेको रातोपाटीलाई जानकारी दिए ।

उनीहरुलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखिएको छ । शुक्रबार बिहान मात्र राजधानीका विभिन्न स्थानबाट ६४ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको थियो ।

तमलोपाका नेताहरु पनि पक्राउ

त्यस्तै, तराई मधेस लोकतान्त्रिक पार्टीका नेताहरु पनि पक्राउ परेका छन् । थापागाउँमा रहेको पार्टी कार्यालय अगाडी प्रदर्शन गरिरहेको बेला उनीहरुलाई प्रहरी पक्राउ गरेका हो । पक्राउ पर्नेमा मनिष मिश्र, सुरेन्द्र झा, उदय किशोर तिवारी, अजय झा, भुलन मिश्र र राजकुमार झा रहेका छन् । उनीहरुलाई तिनकुने प्रहरी बिटमा राखिएको छ ।

 

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्