Logo
१० असार २०८२, मंगलबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले हेटौडाबाट यसरी फेरी सुरु गर्दैछ  मेची-महाकाली अभियान

काठमाडौ, फागुन २७ । नेकपा एमालेको स्थगित मेची महाकाली अभियान आजबाट पुन सुरु हुदैछ ।  अभियानको पुन सुरुवात गर्दै आजै दिउँसो २ बजेदेखि ५ बजेसम्म एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला कमिटि मकवानपुरले जनाएको छ ।

अभियानको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मकवानपुरको एक विद्यालयबाट गर्नेछन् । अभियानमा सहभागि हुने एमाले कार्यकर्ताको टोली मकवानपुर पुग्ने क्रम जारी छ । औपचारिक कार्यक्रमअघि बिभिन्न स्थानबाट ¥याली तथा विविध साँस्कृतिक झाँकी सहितको नगर परिक्रमाका कार्यक्रमहरु सूरु भएको एमाले मकवानपुर जिल्ला कमिटिका अध्यक्ष मुनु सिग्देलले जानकारी दिएका छन् ।

अभियान अन्र्तगतका विविध कार्यक्रमका लागि भनेर एमालेले हेटौंडा बजारका विभिन्न स्थानहरुमा सजावट र स्वागतद्धारहरु समेत निर्माण गरेको छ । कार्यक्रममा सहभागि हुन मकवानपुर लगायत छिमेकी जिल्लाहरुबाट समेत नेता कार्यकर्ता सहभागि हुन मकवानपुर आउने क्रम जारी रहेको छ ।

चितवन, बारा पर्सा रौतहटका समेत हजारौं एमाले प्रतिनिधीहरु हेटौडा आएको एमालेले जनाएको छ । अभियान अन्र्तगत भोली फागुन २८ गते १० बजेपछि अभियानमा सहभागि टोली हेटौडाबाट चितवन प्रस्थान गर्नेेछ । यसअघि एमालेको यो अभियानअन्तरगत सप्तरीमा मधेशी मोर्चा र प्रहरीबीच झडप हुदा ४ जनाको ज्यान गएपछि प्रदेश नं २ का बिभिन्न स्थानको कार्यक्रम स्थगन गरेको थियो । अभियान अवको एक सातापछि सुर्खेत पुगेर समापन हुनेछ ।

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्