Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 10, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय हैकम: नेताको गद्दारी, अबको बाटो !

काठमाडौं, २७ फागुन । नेपाल स्वतन्त्र राष्ट्र हुदाँहुर्दै पनि हामि चाहेर या नचाहेर भारत निर्भर छौं । यसले गर्दा पछिल्लो समय भारतीय विस्तारवादले नेपालमा जरा गाड्न खोजिरहेको छ ।

कहिले, नेपालमा नाकाबन्दी लगाएर त कहिले सिमाको विषयमा भारतले पटक/पटक आफ्नो विस्तारवादको रुप विभिन्न शैलीमा प्रदर्शन गरिरहेको छ । यसरी नेपालमा भारतले विभिन्न शैलीमा आफ्नो हैकमलाई जमाउदाँ नेपालका राजनीतिक दल, सत्ता चलाउने शासक वर्गहरु भारतीय विस्तारवादको विरुद्ध डटेर बोल्न सकेको देखिदैन् । कथाकचित केही नेताहरु भारतका विरुद्ध बोली हाले भने पनि सत्तामा बाहिर रहँदा कुर्लर्ने परिपाटी हावी छ ।

यतिबेला, नेपालको प्रधानमन्त्रीमा १० बर्षे सस्शत्र द्धन्द्धबाट शान्ति प्रक्रियामा आएको पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छन् । उनी र उनको पार्टीले जनयुद्धताका ताका भारतको खरो रुपमा विरोध गर्दथ्यो ।
उनी जनयुद्धबाट बाहिर आएको धेरै भयो ।

यसविचमा उनले पछिल्लो समय नेपालमा संविधान सभाबाट संविधान जारी हुदाँ भारतले हस्तक्षेप गर्न खोजेको भन्दै भारत प्रति लक्षित गर्दै कडा अभिव्यिक्त दिएका थिए । उनले खुल्लामंचमा संविधानको घोषणा सभामा भनेका थिए,‘हामि भारतको ‘एस म्यान’ होइनौं ।’ उनको यो अभियक्तीले निकैनै हंगामा मच्चाएको थियो । तर पछिल्लो समय सत्ताको बाघडोर सम्हालेका प्रचण्ड भारतीय विस्तारवादले नेपालमा आफ्नो विस्तारवादी हर्कत दोहोर्याइ रहँदा ‘चु’ बोल्न सकेका छैनन् ।

कतिपय जानकारहरुले प्रचण्डको अहिलेको शैलीलाई पागलपनको संज्ञा दिन्छन् । जनयुद्धता रहँदा र शान्तिप्रक्रियाबाट बाहिर आएपश्यात उनले दिएका अभिव्यक्ती र अहिले प्रधानमन्त्रीको पदमा रहँदा उनले देखाएको भारतप्रतिको मोह अनौठो देखिन्छ ।

कतिपय जानकारहरुले दिल्लीबाट सत्ता, पार्टी चालाएकै कारण भारतीय विस्तारबादले जरा गाड्न खोज्दा पनि यतिबेला प्रधानमन्त्रीको कुर्सीमा रहिरहँदा प्रचण्ड मौन रहेको बताउँछन् । बुधबार मात्रै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले चलाएको गोली लागेर नेपालीको मृत्यु भएको थियो । विरोधमा कैलाली र कञ्चनपुर लगायत देशभर व्यापक बिरोध प्रदर्शन भइरहेको छ ।

कैलाली सदरमुकाम धनगढीबाट राष्ट्रिय झण्डासहित सीमा नाका त्रिनगर पुगेका स्थानीयबासीले भारतीय ज्यादतीबिरुद्ध प्रदर्शन गरिरहेका छन् । नाका क्षेत्रमा प्रहरीले लगाएको काँडेतार छिचोल्दै गौरिफान्टा नाका प्रबेश गर्न लागेका आक्रोशित नेपालीहरुलाई प्रहरीले नाकाको ढाट नजिकै रोकेको छ । उनीहरुले भारतको ज्यादतीबिरुद्ध कारबाही नगरेको भन्दै नेपाली सुरक्षाकर्मीको पनि बिरोध गरेका छन् । सम्भावित दुर्घटना रोक्न सीमाक्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सीमा विवाद उत्कर्षमा पुगेपछि अहिले कैलाली र कञ्चनपुरका सबै सीमानाका बन्द गरिएको छ । कैलाली र कञ्चनपुरमा ३÷३ वटा सीमानाका छन् । कञ्चनपुरको आनन्दबजारमा भारतीय हस्तक्षेपको विरोधमा उत्रिएका नेपालीमाथि भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एक नेपाली गोविन्द गौतमको मृत्यु भएको थियो । यसरी नेपालीहरु भारतप्रति आक्रमक बन्दा हालका प्रधानमन्त्री मुकदर्शक बन्दा उनी पछिल्लो समय गद्दारीको सु्चिमा पर्ने खतरा बढ्दै गएको छ ।

उसो त नेपालमा गिरिजाप्रसादा कोइराला,झलनाथ खनाल, माधवकुमार नेपाल,बाबुराम भट्राई, सुशिल कोईराला, केपी शर्मा ओली लगायत प्रधानमन्त्री बनि सके तर उनको शैली पनि उस्तै छ । उनीहरु केवल सत्ता बाहिर रँदा कुर्लर्ने तर भारतीय विस्तारबादको सत्तामा रहँदा खुलेरै पक्षपोषण गर्ने गरेका छन् । यसले हाम्रा नेता कत्तिको इमान्दार र नेपाली प्रति बफदार छन् भन्ने चित्रित गर्दछ ।

यतिबेला सिमामा भारतीय एसएसबीको गोलीलागेर नेपालीको मृत्यु हुदाँ राज्य मौन छ । तर केही महिना अघि नेपालमा एक भारतीयको ज्यान जादाँ भारतीय प्रधानमन्त्री नरेन्द्रदास मोदीले नेपालका प्रधानमन्त्रीलाई फोन गरेर नालिबेली बुझेका थिए । तर हाम्रा नेता, प्रधानमन्त्री आफ्ना नागरिक मारिदा भारतसँग ‘चु’बोल्न नसकी गैरजिम्मेवार बनेका छन् । भारतीय दुताबासले भारतले सिमामा गोली नचलाएको गैर जिम्मेवार जवाफ दिइसकेको छ । तर भारतीय अधिकारीहरुले गोली चलाएका भिडियो फुटेजहरु यतिबेला संचारमाध्यमहरुमा भाइरल बनिरहेका छन् ।

यसले हाम्रो नेतृत्व, नेताहरुको इमानमाथी प्रश्न खडा गरेको छ भने आम नेपालीले यतिबेला राष्ट्रवादी नेतृत्व र नेताको अभाव खड्किएको महशुस गरिरहेका छन् । यसमा नेता र नेतृत्व बेलैमा सजक हुन जरुरी छ । भारतीय पक्षबाट स्पष्ट जवाफ माग्नुपर्छ । सिमा विवाद तत्कालै टुंगाउनुपर्छ । होइन भने भारतीय विस्तारबादको सामु घुडाँ हाम्रा नेता र नेतृत्वले टेकिरहने हो भने नेपालमा अर्को विद्रोह हुने खतरा बडेको छ ।

नेपालका नेता, नेतृत्व बेलैमा सजक नभए गद्दार नेता र नेतृत्वलाई पुन नेपाली जनताले अर्को विद्रोह मार्फत पत्तासाफ गर्नेछन् । विद्रोहको विउरोपण गर्ने या नगर्ने नेपाली नेता र नेतृत्वमा निर्भर भएकाले होसियार रहौं । विजय दमासे (नेपाल)

प्रकाशित मिति: Mar 10, 2017

प्रतिक्रिया दिनुहोस्