Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 9, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जाजरकोटमा बस दुर्घटना, २० को मृत्यु, दर्जनौं घाइते

जाजरकोट, २६ फागुन । जाजरकोटमा बिहीबार बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । बसमा करिब ५० जना यात्रु सवार थिए । बस सडकबाट करिब २ सय मिटर तल खसेको छ । जाजरकोटको खलंगाबाट पश्चिमी क्षेत्रमा पर्ने खारा भन्ने गाउँतर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस ओरालो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको संख्या २० भन्दा बढी छ । दर्जनौं घाइते भएका मध्ये केहीको अवस्था चिन्ताजनक छ । उनीहरुलाई उपचारका लागि सेनाको हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं पठाइएको छ ।

दुर्घटनास्थलमा जाजरकोटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका थिए । जाजरकोट पत्रकार महासंघका सचिव दिपेन्द्र शर्माका अनुसार दुर्घटनास्थल सदरमुकाम भन्दा ३/४ किलोमिटर टाढा भेरीमालिका नगरपालिका वडा नम्बर ४ मा पर्छ ।

बोहोरा गाउँको तल्लो मोहोडाको भीरबाट बस पासागाड खोलामा खसेको छ । बसमा यात्रुहरु बढी भएकाले ‘ओभर लोड’ हुन गई ओरालो घुम्तीमा अनियन्त्रित भएको शर्माले बताए । घटनामा धेरै जना हताहती भएको र उनीहरुको सनाखत नभएको शर्माले  जानकारी दिए ।

 

प्रकाशित मिति: Mar 9, 2017

प्रतिक्रिया दिनुहोस्