Logo
१३ बैशाख २०८१, बिहीबार
(March 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई एमालेको जवाफः चुनाव यताउता गर्न पाइँदैन

काठमाडौं २५ फागुन । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सप्तरी घटनाबारे छानबिन गर्न माग गरेको छ । बालुवाटारमा बुधबार भएको भेटमा एमाले नेताहरुले सप्तरी घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । साथै उनीहरुले वैशाख ३१ का लागि घोषित चुनाव सार्न वा स्थगित गर्न नपाउने बताएका छन् ।

विपक्षी दलको मेची-महाकाली अभियान विथोल्न विथोल्ने खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपमा ३ जनाको मृत्यु भएपछि कार्यक्रम स्थगित गरेर काठमाडौं आएका एमाले शीर्ष नेताहरुले बुधबार कांग्रेस र माओवादीका शीर्ष नेताहरुलाई भेटेका हुन् ।एमालेभन्दा केही अघि मात्र मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधन गर्न र चुनाव स्थगित गर्न माग गर्दै सातदिने अल्टिमेटम दिएका थिए ।

‘एमाले नेताहरुले चुनाव यताउता गर्न पाइँदैन भनेका छन्,’ भेटमा सहभागी एक नेताले भने, ‘प्रधानमन्त्रीले पनि चुनाव हुन्छ भन्नु भएको छ ।’ प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाले सातदिने अल्टिमेटम दिएर गएको एमाले नेताहरुलाई जानकारी दिए । साथै उनले सबै दलले छलफल गरेर अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

फागुन २१ गतेदेखि झापाबाट एमालेले मेची-महाकाली अभियान सुरु गरेको थियो । सप्तरी घटनापछि तीन दिन स्थगित भएको एमालेको मेची-महाकाली अभियान बिहीबारबाट हेटौंडादेखि पुनः सुरु हुँदैछ । प्रचण्डले एमालेलाई मेची-महाकाली महाभियानबारे पुनर्विचार गर्न सुझाव दिएका छन् । एमालेले गर्छौं भन्यो भने सरकारले सुरक्षा दिने भन्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई हेरेर २/४ रोक्न उपयुक्त हुने बताए ।

 

प्रकाशित मिति: Mar 8, 2017

प्रतिक्रिया दिनुहोस्