Logo
१३ बैशाख २०८१, बिहीबार
(March 8, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री, गृहमन्त्री र एमालेको योजनामा सप्तरी घटना

भक्तपुर, २५ फागुन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दलले योजनाबद्ध रुपमा सप्तरी घटना घटाएको आरोप लगाएका छन् । लोकतन्त्रमा एमालेले आमसभा गर्न र अरुले त्यसको बिरोध गर्न पाउने भएपनि मधेसी मोर्चाका कार्यकर्तालाई छानीछानी टाउकोमा गोली हान्नु योजनाबद्ध भएको उनले बताए ।

यादवले, एमालेले आफना शीर्ष नेताको हप्ता प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताए । रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा  प्रधानमन्त्री, गृहमन्त्री र एमालेका नेताहरुले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको उनको दाबी छ ।  यादवले, एमालेले आफना शीर्ष नेताको हप्ता प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताए ।

यादवले स्थानीय तहको निर्वाचन नहुन नसक्ने दाबी गरे । साथै संविधान निर्माणमा भएको त्रुटि नसच्याएसम्म देशमा शान्ति स्थापना नहुने बताए । उनले सरकार अल्पमतमा परेको बताए । मधेसी मोर्चाले पाँचबुँदे माग राख्दै ७ दिने अल्टिमेटम दिएको छ र, माग पुरा नभए स्वत समर्थन फिर्ता हुने बताएको छ ।

 

प्रकाशित मिति: Mar 8, 2017

प्रतिक्रिया दिनुहोस्