Logo
१६ चैत्र २०८०, शुक्रबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरी घटनाको विरोधमा गठबन्धद्धारा नेपाल बन्दको आह्वान

काठमाडौं, फागुन २४ । उपेन्द्र यादव नेतृत्वको संघीय गठबन्धनले नेपाल बन्दको आव्हान गरेको छ । सरकार नरसंहारमा उत्रेको र एमालेले साम्प्रदायिकता निम्त्याउन खोजेको वैठकको निष्कर्ष छ । गठबन्धनले शुक्रवार नेपाल बन्दको आव्हान गरेको हो ।

गठबन्धनको वैठकले फागुन २६ गते जिल्ला सदरमुकामसहित काठमाडौंमा विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको छ संयोजक उपेन्द्र यादवले बताए ।

त्यसै गरी वैठकले सरकारलाई ७ दिनको अल्टिमेटम दिने निर्णय गरेको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिने पत्र भोलि सरकारलाई बुझाउने निर्णय गरेको बताइएको छ ।

क्षतिपूर्तिसहित मृतकलाई सहीद घोषणा र घाइतेलाई निशुल्क उपचारको माग वैठक गरेको छ । वैठकले निर्वाचन फिर्ता लिन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्