Logo
११ बैशाख २०८१, मंगलबार
(March 7, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मतदातालाई नयाँ परिचयपत्र : त्यो दिन १८ वर्ष पुगेकाले मात्रै मतदान गर्न पाउने

काठमाडौं,फाल्गुण २४ । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै देशभर चुनावी माहोल बढेको छ । यससँगै गाउँ–गाउँमा उमेदवारी र मतदानबारे बहस हुन थालेको छ । राजनीतिक दलहरू त्यसको तयारीमा जुटेका छन् । मतदाता नामावलीसम्बन्धी ऐनअनुसार निर्वाचन मिति घोषणा भएसँगै नामावली संकलन रोकिएपछि उनीहरुले आफ्नो नाम दर्ता गराउन नसकेका हुन् । तर, मतदाना नामावलीमा नाम दर्ता गराएर पनि केही व्यक्ति मतदान गर्नबाट वञ्चित हुनेछन् । ती हुन्, ०७३ फागुन ९ गतेसम्म १८ वर्ष नपुगेका युवा ।  मतदान गर्ने चाहना भए पनि अन्योलताका बीच घोषणा भएको मितिसँगै नामावली संकलनमा सहभागी हुन नसकेर लाखौं मतदाता आफ्नो मत व्यक्त गर्नबाट छुट्ने भएका छन् ।

निर्वाचन आयोगले २०६७ सालदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्दै आएको छ, जसमा जिल्ला प्रशासन कार्यालयमा १६ वर्ष पुगेर नागरिकता बनाउन आउने युवालाई आयोगका प्रतिनिधिले फोटोसहितको मतदाता संकलनमा सहभागी गराउँथे । तर, १८ वर्ष पुगेपछि मात्रै मतदान गर्न पाउने व्यवस्थाले गर्दा मतदाता नामावली संकलनमा सहभागी भए पनि उनीहरुले निर्वाचनमा भाग लिन पाउनेछैनन् ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार सरकारले निर्वाचनको मिति घोषणा गरेको मितिसम्म १८ वर्ष पूरा गरी फोटोसहितको मतदाता नामावलीमा सहभागीले मात्रै निर्वाचनमा भाग लिन पाउनेछन् ।

सरकारले फागुन ९ गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको थियो ।  निर्वाचन आयोगले देश नयाँ संरचनामा गइसकेपछि मतदाताको ठेगाना परिवर्तन गरेर नयाँ परिचयपत्र वितरण गर्ने जनाएको छ । यसअघि दोस्रो संविधानसभा अगाडि आयोगले वितरण गरेको परिचयपत्र लिएर मतदानमा सहभागी हुन नपाइने आयोग प्रवक्ता शर्माले जानकारी दिए ।

“नयाँ संरचनाअनुसार मतदाताको ठेगाना परिर्वतन गरेपछि परिचयपत्र छपाइ सुरु हुन्छ,” उनले भने, “सबै मतदाताको ठेगना नयाँ संरचनाअनुसार अपडेट गर्नुपर्ने भएकाले अन्तिम नामावली आउन स्थानीय तहको प्रतिवेदन बुझेपछि १५ दिन लाग्छ ।” १२खरीमा समाचार छ ।

प्रकाशित मिति: Mar 7, 2017

प्रतिक्रिया दिनुहोस्